Posted by: parbatya June 19, 2007
Login in to Rate this Post:
0
?
कही कतै तिम्रो जीवन मा बर्षात को भेल उर्लियो भने
पुर्णिमा को जुन हेर्दै तारा सँग भुल्ने गर
जीबन यहाँ यस्तै रहेछ
गल्ती पनि हुदो रहेछ
सधैं अरुको साथ पाए पनि तिमीलाई भुल्न गार्हो हुदो रहेछ
कही कतै एकान्त माझ नयन आँफै रसाए भने
शित को थोपालाई हेर्दै आँसु तिम्रो साच्ने गर
कहि कतै
समयको खेल यस्तै रहेछ छाती भित्र याद बढ्छ
देखेको कहाँ पुग्दो रहेछ लेखेको मात्र भोग्नु पर्ने रहेछ
कही कतै आकाश हेरी सोचेउ भने भबिस्यका दिन हरु
एउटा मिठो भुल सम्झी सम्हलिने कोशीस् गर
कहि कतै