Posted by: Rahuldai June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
तारेमाम् , मध्यान्नको जदौ! चौतारिको नाममा स्पष्टिकरण सहित माफिनामा। ************************************* लिखितम् धनीका नाम आगे काजि बस्ने हाल चौतारि छेउ निरको रातमाटे घर् ठेगाना भएको ........का छोरा ...............का नाती, बर्ष २ बिस को म राहुल दाइ भन्ने राहुल् भाइ बाट् हिजो गल्ती भएर भूल भएको मा माफिनामा चढाएको छु। तर माफिनामा सङै केही कुरा स्पष्ट गर्न सङ प्रष्ट भन्न चाहन्छु। चौतारिको शीतल हावाले हाम्रो दाम्पत्य जीवन मा कुनै धावा बोलेको छैन। बरु हामी दुबै चौतारिमा रमाउंदै हास्दै खेल्दै बसेका छौं। चौतारिकै अभिन्न अंग भएर बडा सक्रियताका साथ मेरि घरकी लक्ष्मी, जीवन को अर्को रुप, सुख दुखको सहयात्री, प्रेम, माया र स्नेहको सङ्लो प्रतिमुर्ति लागि परेकि छिन्। मेरो आग्रह, रेक्वेस्ट्, अनुरोध, इनाप, गुजारिस् पनि यति मात्र थियो कि कुमार् कुमारिहरुले जीवन साथी निर्क्यौल गर्दा चौतारि मोहित भैदिए, सुन माथी सुगन्ध हुने हुन्छ। तनावयुक्त मेसिने जीवनलाई जीवन्त स्वरूप दिएको छ चौतारिले। साबधान!!!! बरु घरमा २ गोटा कम्पुटर् राख्न भने नभुल्नु होला, मेरो लामो अनुभवले यहि भन्छ। समय समय मा कम्पुटर् खोसाखोस् हुने कुरा चाहि ठीक साँचो हो। भवदीय राहुल दाइ भनिने राहुल भाइ
Read Full Discussion Thread for this article