Posted by: Gautam B. June 18, 2007
Login in to Rate this Post:
0
?
ठीक कुरा हो ज्योति नानीको। हुनत आफू धेरै पछि आइया' छ, तर यो 'लाइन मार्ने' कुरा शुरु भयो भने चौतारीचैं ओरालो लाग्छ जस्तो लाग्छ।
ब्यक्तिगत कुरा (अब 'लाइन मार्नु' भन्दा बढी ब्यक्तिगत कुरा त अरु के होला र!) बढी भयो भने चौतारीको रमाईलोनै सकिन्छ जस्तो लाग्छ। अब हुनत मेरो पनि यता केहि समयबाट चौतारीका केहि दम्तरीहरुसंग ब्यक्तिगत चिनजान भ'को छ, तर पनि मलाई पहिला कसैलाई पनि नचिन्दाको चौतारीनै रमाईलो लाग्थ्यो अहिलेभन्दा त!
(ल---ज्--जा, भन्दिएँ क्या रे छूचो मुख बाएर! अब क-कल्ले गाली गर्नी हुन्, भाग् गोताएँ भाग्!)