Posted by: nevermind June 18, 2007
Melamchi, ADB and Hisila Yemi
Login in to Rate this Post:     0       ?        
हे असार मा आँखा फुट्या गोरु हरु हो -- केही न पढि न भुझी न बोलन Please La Padha tala ani bhana सेभर्नटे्रन्टबाहेकका सबै सर्त सरकारले पूरा गर्ने कास काठमाडौं, असार ३ - भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले सेभर्न ट्रेन्टबाहेक एसियाली विकास बैंक -एडीबी) का सबै सर्त अक्टोबरभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली परामर्शदाताबाट सञ्चालन गर्न नयाँ प्रस्ताव गरेकी छन् । फिलिपिन्सको मनिलास्थित एडीबी मुख्यालयका महानिर्देशक कुनियो सेन्गालाई आइतबार पत्र लेखी सेभर्न टे्रन्टको ठाउँमा नयाँ व्यवस्थापक नियुक्ति गर्दा लाग्ने करिब दुई वर्षको अन्तरिम अवधिका लागि यमीले उक्त प्रस्ताव गरेकी हुन् । अन्तरिम अवधिभित्र सरकारले एडीबीको सर्तअनुसार नयाँ व्यवस्थापक नियुक्त गर्ने, त्यसका लागि पुनः टेन्डर गर्ने, सन्दर्भ सूचीमा परिमार्जन गर्नेलगायतका योजना छ । यो समूहले अघिल्लो सरकारद्वारा गठित काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) लाई व्यवस्थापन गर्न मद्दत गर्नेछ । समूहमा व्यवस्थापन, इन्जिनियरिङ र वित्तीय विशेषज्ञ समावेश हुने प्रस्तावमा छ । कम खर्चिलो र सकेसम्म नेपालीलाई अवसर दिनका लागि सेभर्न टे्रन्टको विकल्पका रूपमा यस्तो प्रस्ताव अघि सारिएको मन्त्री यमीले आइतबार कान्तिपुरसित भनिन् । एडीबीले गत साता सेभर्न टे्रन्टको विकल्प र उपत्यकाको खानेपानी व्यवस्थापनसम्बद्ध संस्थागत सुधार प्रक्रिया कहिलेसम्म पूरा गर्ने भनी मन्त्री यमीलाई पत्राचार गरेको थियो । त्यसको जवाफमा यमीले आगामी सेप्टेम्बरभित्र सरकारले उपत्यकाको खानेपानी व्यवस्थापनसम्बद्ध संस्थागत सुधार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । Posted on: 2007-06-17 21:03:57
Read Full Discussion Thread for this article