Posted by: Nepe June 18, 2007
New king Hirdayendra
Login in to Rate this Post:     0       ?        
लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन प्रेस वक्तव्य प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा हिजो 'बालक राजा' का पक्षमा दिएको अभिव्यक्तिप्रति लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको छ । यो बालक राजाका नाममा घुमाउरो पाराले राजतन्त्रलाई जोगाइराख्ने तारतम्य हो भन्ने हाम्रो ठहर छ । कुनै पनि नाममा र निहुँमा राजतन्त्र बाँकी राख्नु ऐतिहासिक जनआन्दोलनको जनादेश होइन । नेपाली काँग्रेसका प्रमुख गिरिजाप्रसाद कोइरालाको यो प्रतिगामी मनसायबारे अन्य सात दलको सहमति वा असहमति के होला नागरिक आन्दोलनलाई जानकारी पाउन चासो छ । लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको आह्वानमा आज बसेको महिला, जनजाति, दलित, मधेसीलगायत विभिन्न पेशा र क्षेत्रका नागरिकहरुको भेलाले प्रधानमन्त्रीको यो वक्तव्यको घोर भर्त्सना गर्दछ । आठ पार्टीको संयुक्त सरकारको नेतृत्व गर्नका लागि जिम्मेवारी सुम्पिइएका प्रधानमन्त्रीले जनआन्दोलन २०६२/६३ मा लोकतान्त्रिक गणतन्त्रको पक्षमा अभिव्यक्त जनभावनाको मर्मविपरीत राजतन्त्रलाई बचाउने आशयको आपत्तिजनक धारणा राखेको विरोधमा लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले भोलि असार ५ गते अपरान्ह ४.३० बजे माइतीघर मण्डलामा १ घण्टा नागरिक धर्ना दिने निर्णय गरेको छ । सो धर्नामा उपस्थित भई विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउनुहुन सम्पूर्ण नागरिकहरुलाई लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन हार्दिक आहृवान गर्दछ । कार्यक्रम ः नागरिक धर्ना स्थान ः माइतीघर मण्डला समय ः २०६४, असार ५ गते, अपरान्ह ४.३० देखि ५.०० बजेसम्म डा. देवेन्द्रराज पाण्डे लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको तर्फाट २०६४, असार ४ २०६४, असार ४ गते मार्टिन चौतारीको सभागृहमा सम्पन्न लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको भेलाको उपस्थिति विवरण ः १. विमल अर्याल २. हरिगोविन्द लर्ुइंटेल ३. परशुराम तामाङ ४. अमृत आलोक ५. कल्पना थपलिया ६. मुक्ता श्रेष्ठ ७. डा. देवेन्द्रराज पाण्डे ८. विष्णु विभु घिमिरे ९.सन्त र्घर्ती मगर १०. राजेन मानन्धर ११. बुद्ध सायमी १२. वृष बहादुर शाही १३. सरला गौतम १४. दिव्य झा १५. खगेन्द्र संग्रौला १६. भीमप्रसाद भर्ुर्तेल १७. डा. श्रीराम बाँस्कोटा १८. सुकराम महर्जन १९. वीरेन्द्र थपलिया २०. जिवेन्द्रलाल कर्माचार्य २१. नविन शाक्य २२. आनन्दप्रसाद शाह २३. राजन खतिवडा २४. वसन्त रञ्जितकार २५. युवराज घिमिरे २६. गंगाप्रसाद तिवारी २७. राजन काफ्ले २८. सहेक विश्वकर्मा २९. भारती पाठक ३०. विष्णु न्यौपाने ३१. देवकुमारी महरा ३२. रिकमा बि.क. ३३. शान्ता घिमिरे ३४. संझना थपलिया ३५. शेखर पराजुली ३६. नेत्र आचार्य ३७. पासाङ सर्ेपा ३८. केशव मान शाक्य ३९. शाक्य सुरेन ४०. वेदराज ज्ञवाली ४१. पृथ्वीराज अवस्थी ४२. सन्तोष सिग्देल ४३. सिलोन एच. शोन्धा ४४. ज्ञानु गौतम ४५. सुनिता रोका ४६. सुबोधराज प्याकुरेल ४७. रेणु राजभण्डारी ४८. शिवशरण महर्जन ४९. सुरेश नेपाल ५०.विष्णुहरि ढकाल ५१. हेमबहादुर विष्ट ५२. कमलकुमार र्राई ५३. रामबहादुर थापा मगर ५४. धु्रवबहादुर श्रेष्ठ ५५. श्याम श्रेष्ठ __________________________
Read Full Discussion Thread for this article