Posted by: happy days June 16, 2007
do you belive in trisul baba's predition ?
Login in to Rate this Post:     0       ?        
नेपाल मात्र हैन विश्वमा रहेका नेपालीहरु वीच एउटै कुराले भय ल्याएको छ । त्रिशुल वावाले नेपालमा ३ लाख मानिस यही अषाढमा मर्ने वताएपछि जनमानसमा त्रास वढेको मात्र नभइ सरकारलाई पनि हल्लाएको छ । यहा सम्म कि गृह मन्त्रालयले समेत विज्ञप्ती निकालेर सो हल्लाको पछाडी नलाग्न सवै नागरिकलाई सचेत गराएको छ । वैज्ञानिक ,खगोल शास्त्री , ज्योतिस लगायत सवैले यसमा आधार नभएको वताएका छन । तर आम मानिस सो कुरा मान्न तयार छैनन । यदापी नेपाल भुकम्पीय खतरा भएको मुलुक मध्ये एक हो । तर प्राकृतिक विनासका केही रहस्य हालसम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैन । खगोल शास्त्री भुकम्पको १५ सेकेन्ड अगाडी सो कुरा थाहा पाउन सकिने कुरालाइ नकार्दैनन । पर्ुव जानकारी हुन सके यस्ता प्राकृतिक विनासको समयमै सचेत गराउन सकिन्छ र ठुलो जन धनको नोक्सानीवाट जोगाउन सकिन्छ । हल्ला वा सत्यता जे भएपनि केही समय पहिला दोल्खामा भिमेश्वर माहादेवलाइ पसिना आएको समाचार र सो वाट देशमा अनिष्टको पर्ुव संकेत को कुरा भने नआएको हैन । एक सताव्दी भित्र नेपालका केही अनिष्ट घटना पर्ुव सकेतको रुपमा भिमेश्वर माहादेवलाई पसिना आएको समाचार सवैलाई थाहा छ ।यसको अलाव यो वर्षमछिन्द्र नाथ को रथ पनि पुरै भाचिएको र विस्केट जात्राको ध्वजा पनि च्यातिएको वाट अनिष्टको सकेत वुढा पाखाले गर्ने गरेको छन । यसैलाइ आधार मानेर े त्रिसुल वावा र उनका अनुयायी हरुले यो हल्ला चलाएका पनि हुन सक्छ । समग्र रुपमा भन्ने हो भने भविष्पवाणी साचो नहुने चाही हैन । तर यसका पनि केही आधार रहेका हुन्छन । अहिलेको हल्लामा तेस्तो आधार भने केही देखिदैन । यो हल्ला किन फिजायको हो त्यो भने रहश्यमय नै छ । त्रिशुलवावाको नामवाट संचालित वेव साइट हर्ेन यहा क्लिक गर्नु होला । source : namasteeurope.com
Read Full Discussion Thread for this article