Posted by: ramprasadneupane June 13, 2007
rame ko america anubhav (2007 ispesal)
Login in to Rate this Post:     0       ?        
मुल कुरो के भने २००७ बडो गजब का साथ बित्यो साथी ! अरु कुरो तेसतै हो, graduation पो ग्रीयो ! के मा भन्नु होला, पढाई मा होइन होउ ..... धोती सेवा मा .... अब २-३ महिन अझै काम गरियो भने 'धोती सेवा पदक् २००७' पाउन बेर छैन। मुजी फेरी सन्क्यो भन्नु होला, तर क्यार्ने हो? मुजी नसन्के नी मान्छे त सन्किनु परो ? बाजे ले भन्थे इख नभा मान्छे र बीष नभा सर्पो को काम छैन रे। अचेल जमाना ले फड्को हानी सक्यो, बीष् नभा मान्छे को चाँही पक्कै काम छैन। धोती को मा काम गर्दा सिक्या मुल मन्त्र नै यही हो। जी टीवी का सेरिअल हरु ले सिखाउने नै येही रैछ। मेरी साहुनी उस्तै फेरी, साशु बुहारी को ट्याक्टीस् त्यै बाट् सिक्यो अनी आफ्नी बुहारी लाइ जोत्यो। रामे ले छप्की शप्की हान्यो भनेर साझामा कत्रो हल्ला ? उहीले मेरो अैठन् साथी कीश्ने ले भन्थ्यो "गहीरां बस्ने लाइ पहीरां डर्, डांडां बस्ने लाइ ला...ं डर् ?" कुरो त ठिकै हो ! अब यहा आएर नहानी कां हान्ने हो ? भीत्तां ????
Read Full Discussion Thread for this article