Posted by: sunsaan June 13, 2007
ज्ञानेन्द्रको असलियत
Login in to Rate this Post:     0       ?        
कालो धन्दामा राजपरिवारकै वर्चश्व by Nepal Info on Wed 22 Mar 2006 02:01 PM PST | Permanent Link | Cosmos जोशेफ पियत्री The majority of drug dealers are from the royal family Josheph Pietri सन् १९७० मा मैले पहिलो पटक नेपाल टेकेको हुं । नेदरल्याण्डको आम्सटरडम वा बेलायतको लण्डनबाट शुरु हुने हिप्पीहरुको प्रसिद्ध यात्रा मार्गको अन्तिम कालतिर हो । त्यतिबेला हिप्पीहरुले खचाखच भएको बस नयांसडकको पुछारमा रोकिन्थ्यो । त्यहां हिप्पीहरु ओर्लने भएकोले झोंछेको बाटोलाई फ्रिकस्ट्रिट भनियो । त्यतिबेला नेपाल गांजा र भाङ्गकोलागि स्वर्ग थियो । सरकारी अनुमती प्राप्त पसलबाट खुला बिक्रि हुन्थ्यो । त्यतिबेला काठमाडौमा अफिम र हिरोइन उत्पादन हुदैनथ्यो । त्यतिबेला नेपाली जंकिहरुपनि थिएनन । भाङ्ग निकाशीकालागि मात्रै गैहृकानूनी थियो। यो बोक्ने हिप्पीहरु विमानस्थलमा पक्राउपर्दा एकसय अमेरिकी डलर जरिवाना गरेर काठमाडौबाट सम्वन्धित देश लखेटिन्थ्यो । राजा महेन्द्रको पालामा हो यो । १९७२ मा राजा महेन्द्रको मृत्यू भयो । राजा वीरेन्द्र गद्धीमा बसे । राजा महेन्द्रको मृत्यू हुंदा रेडियो नेपालमा रागहरु बजाएर शोक मनाएको मलाई संझना छ । राजाको दाहसंस्कार गरिदा पशुपती आर्यघाटमा भेला भएका मानिसहरुको बिशाल सहभागिता कहिल्यै भुल्न सक्दिन । राजाको मृत्यूको १३ औं दिनमा ब्राहृमणहरुले विभिन्न धार्मिक पाठहरु पढेका थिए । राजाले भोग चलन गरेका भौतिक वस्तु लिएर हात्तीमा चढेर बाहुनले काठमाडौ काटेको दृष्यपनि कसैले भुल्न सक्दैन । भाङ्ग माथि प्रतिबन्ध लगाउनुअघि मात्रै म सन् १९७३ मा भारत हिडें । रिर्चाड निक्सन र उनका त्यतिबेलाका सहयोगीले नया राजालाई पांच करोडदेखि सात करोड डलर दिए , त्यो भाङ्ग माथिको प्रतिबन्ध खुला गर्नका लागि । म १९८१ मा नेपाल फर्किदा हेरोइनको समस्या देखापरिसकेको थियो । मलाई आर्श्चय लाग्यो । सन् १९७० को तुलनामा चरेश २० देखि ३० गुणा महंगो भइसकेको रहेछ । यस्तो खालको हेरोइनले बजार लिइरहेको थियो । खैरो हिरोइन र गांजाको भेद छुटाउन नसक्ने नेपालीहरु स्म्याकका पारखी भैसकेका थिए । त्यतिमात्र होइन अझ उच्च स्तरिय ब्राण्डको हेरोइन पनि पाइन्थ्यो निकाशी गर्नकालागि । अब हेरोइन बर्माबाटपनि भित्रिन थाल्यो नेपालमा । नेपालको पूर्र्वी भागबाट स्थलमार्ग हुंदै सेना र प्रहरीको टकमा राखेर शाही परिवारले हेरोइन नेपाल ल्याउन थाले । यो मात्रै होइन कि नेपालमा हरेक खालको कालो धन्दामा शाही परिवारकै बर्चश्व छ । कुनैबेला हिप्पीहरुको र्स्वर्गका रुपमा रहेको नेपाल अब मुख्य हेरोइन स्थल हुनपुग्यो । सन् १९८३ मा एकदिन म र मेरो नेपाली मित्रलाई एक मन्त्रीबाट खाना खाने निम्ता आयो । पेय पदार्थको चुस्की लिदैं गर्दा त्यसदिन उनले नेपालकै इतिहासमा पहिलो पटक नेपाली फूटवल टोली अमेरिकाको लस एन्जलसमा आगामी गृष्ममा हुने ओलम्पिकमा भागलिन जाने कुरा बताए । त्यतिबेला उनी अधिराजकुमार ज्ञानेन्द्र संग सहकार्य गर्दैथिए जो ओलम्पिक कमिटीका प्रमुख थिए । मेरो नेपालको लामो संवन्धका कारण तिनले सो टोलीसंग पठाउन लागेको व्यपारीलाई मैले व्यवस्थित गर्न सक्ने ठानेछन् । त्यसैले एक शय ५० किलो हेरोइन लसएन्जलस पठाउन चाहेको कुरा पहिला तिनले मेरो नेपाली साथी संग गरे र पछि म संग । तर तिनले जे भनेपनि वास्ता नर्गनु भनेर मैले मेरो मित्रलाई बताए । त्यस्तो काम हामीबाट संभव नभएको बताएर म तिनीहरुबाट उम्के । घर र्फकेपछि मेरा पुराना मित्र पल पेट्रिकसंग मेरो भेट भयो । पेट्रिकले मलाई तिमीले मन्त्रीले भनेको मानेको भए या त जेलमा सड्ने थियौ या त मारिने थियौ भने । राजपरिवारले मलाई एउटा माध्यम व्यक्तिको रुपमा प्रयोग गर्न खोजेको थियो। कालो धन्दाकालागि ज्ञानेन्द्र काठमाडौमा परिचित व्यक्ति थिए । घुंडा टेकेर बसेका काठमाडौका मल्ल राजाको मूर्ती क्रेनले उठाउंदै गर्दा उनका केहि सहयोगीहरु सहित उनलाई फेला पारेर रोकिएको थियो । त्यो मूर्ती चोरी रोक्ने प्रहरीलाई भने बेपत्ता पारियो । मूर्ती पिलर माथि नै रह्यो भने ज्ञानेन्द्रलाई यूरोप पठाइयो । राजा वीरेन्द्र र उनका भाई ज्ञानेन्द्र बिच संधै इख थियो । सन् १९५० मा राजा महेन्द्र र यूवराज वीरेन्द्रहरु आफ्नो हत्या हुने डरले राजा ज्ञानेन्द्रलाई राजगद्धीमा राखेर भारत निर्वासित भएका थिए । त्यहि कारणले गर्दा उनीहरु नेपाल फर्किएपछिपनि ज्ञानेन्द्रमा आफ्नो स्थान कहां रहने भन्ने भावना रहिरह्यो । किनकि आफ्ना दाजु युवराज हुंदहुदैं उनी बालकमै राजा भइसकेका थिए । ज्ञानेन्द्रले संधै के सोचे भने आफ्ना दाजु भन्दा आफू असल राजा बन्न सक्नेथिए । सन् १९८० को बेला खैरो हिरोइन नेपाल भित्राइएको एक कारक तत्व अधिराजकुमार थिए जसलाई स्विजरल्याण्ड पठाइएको हल्ला चलेको थियो । सन् १९८४ मा नेपाली फूटवल टोलीलाई एक शय ५० किलो हिरोइन सहित समातेर लाक्समा थुनियो । तुरुन्तै बाहिर आएको यो खबर यति छिटो मिडियाबाट हरायो कि त्यसपछि यसबारे कहिल्यै कुरा गरिएन । एक बर्षपछाडी दरबारमार्ग स्थित होटल अन्नपूर्णको लबी, राजदरबारको ढोका र अन्य सरकारी भवनमा बम पड्किए लसएन्जलसमा भएको घटनाको प्रतिशोधको रुपमा । सन् १९८६ मा हेनरी किसिङ्गर लगायतको लठ्याउने औषधी र्नाकोटिक डग बिक्रेताको एक समुह एजेन्ट र्सार्क सम्मेलनकालागि काठमाडौ आयो । त्यो एजेन्टले ट्राभल चेक तिरेर असनटोल पछाडीको गल्लीबाट दूइ किलो शुद्ध हिरोइन खरिद गर्यो । तिनले त्यो दूइ किलो हिरोइन प्रहरी महानिरीक्षक डि बी लामाको टेबलमा फ्याक्दै नेपाललाई दिइने सम्पूर्ण सहयोग कटौती गरिदिने धम्कि दिए । ति एजेन्टले नेपालमा रहेर भाङ्गको व्यापार गर्ने व्यक्तिहरुको सूची दिएका थिए । त्यसपछि तुरुन्तै नीजि गाडीमा आएका केही बिदेशीहरुलाई तुरुन्तै भिसा दिइयो । त्यसैरात हिरोइन व्यपारमा संलग्नता नभएका कुनै पनि नेपाली र बिदेशीहरुलाई थुनियो र तिनीहरु संग साबिती वयान लिदैं यातना दिइयो । डि बी लामा शाही परिवारका लागि अग्रीम व्यक्ति थिए हिरोइन व्यपार गर्ने । त्यतिबेला म चाहिं बैंकक हानिए ।र १९८८ सम्म नेपाल फर्किन । त्यो बयान लिने काम अझै हुदैं गरेकोले म हिडेर ठीकै गरेछु । पछि प्रहरी महानिरीक्षक डि बी लामालाई नै पक्राउ गरियो । उसका घरका पाइपहरुपनि सुनका लेपन लगाइएको पाइयो । मेरो बिचारमा तिनले हेनरी क्रेमका ट्राभल चेक डि बी लामाका नाममा नक्कल गरेका थिए । शाही परिवारले अब डि बी लामालाई त्याग्नु पर्नै थियो । बिस्तारै राजतन्त्रको अत्याचारी नीति र प्रजातन्त्रकालागि बिद्यार्थीहरुको प्रदर्शनले विश्वको ध्यान तान्न थाल्यो । जसले गर्दा आन्दोलन उर्त्सगमा पुगेपछि राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्र घोषणा गर्न बाध्य भए । पाकिस्तान संग विमान संझौता गरियो । करांचीबाट काठमाडौ विमान आउन थाले । सैनिक संवन्ध बिस्तार गरियो र अफगानी हिरोइन टनका टन नेपाल आउन थाले । यसरी नेपाल हेरोइन व्यपारकालागि एउटा प्रमुख स्थल बन्यो । सन् १९६० को दशकबाट लागु औषधकालागि पश्चिमा जगतमा स्वर्ग मानिएको नेपालको छबी अझै पनि धमिलो छ । त्यसैले पश्चिमी मुलुकमा यस्ता भ्रमहरु अझै बांकी छन् । कतिपय बिदेशीले अतिरन्जनापनि गरेका छन् । बिदेशीहरु नेपालका यस्ता गंभिर बिषयहरुमा के सोच्दछन् भन्ने कुरा नेपालीहरुलेपनि बुझ्न सक्नेछन् भनि हामीले जोशेफ पियत्रीको यो लेखलाई स्थान दिएका हौं । उनको यो लेख हामीले निकै पहिला नै प्रकाशित गरेका थियौं । उनको यो लेख यो पटकपनि पुरानो नहुने ठानी पुन प्रकाशित गरेका हाौं। उनी किङ्गस अफ नेपाल भन्ने पुस्तकका लेखक हुन् । ( नेपालको दरबार र कालो धन्दाको संबन्ध बारेको चर्चा गर्न खोजेपनि लेखकले यो लेखमा घटनामा संलग्न व्यक्तिहरुबारे नाम उल्लेख गरेका छैनन तर गौचन मन्त्री बन्दा गोली खाने चकित शिर्षकमा साप्ताहिक जनआस्था को साउन ५ २०६२ को अंकमा यो घटनाबारे अलिकति चर्चा भएको छ । र त्यतिबेलाका ओलम्पिक कमिटी अध्यक्ष शरदचन्द्र शाह भएको उल्लेख गर्दै पत्रिकाले सन् (१९८४ -०४१) को अगस्तमा अमेरिकाको लस एञ्जलसमा ओलम्पिकमा भाग लिने क्रममा खेलकूद परिषद्का सदस्य सचिव तथा ओलम्पिक कमिटीका अध्यक्ष शरदचन्द्र शाहले गैरखेलाडी कृष्णमान जोशीलगायतलाई स्म्याक्स र हेरोइन बोकाएर लगेको र पछि कृष्णमान जोशी सैयौं किलो हिरोइनसहित पक्राउ परेको उल्लेख गरेको छ । ) Posted to: Main Page Views Comments
Read Full Discussion Thread for this article