Posted by: CaMoFLaGeD June 8, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु!! हेर्दा हेर्दै फेरि अर्को शुक्रबार आइसक्यो। हरितालिकेको त हिजै शुक्रबार आइसकेको थियो। आज मस्त लडिरा'होला ओछ्यानमा। मस्ती छ ब्रो को पनि। हिजो आज ब्यापक लागेको छ मलाई यो इन्डियन आइडल को भुत। अनलाइन भिडियो हेर्यो अनि कमेन्ट गर्यो। हिजो राती कम्प्युटरमा बसेर जुन ७ तारिक बेलुका देखाइएको इन्डियन आइडल हेर्दै थिएँ। लेडिजहरुको इलिमिनेसन राउन्ड रहेछ हिजो। एक्छिनको नाटक पछि चार जना बटम लेडिज पार्टिसिपेन्ट हरुलाई ४ वटा कुर्सीमा राखियो। ति मध्य एकजना बाच्ने अरु चाँहि आउट हुने रहेछ। त्यसपछि अनरेबल जजहरुले आफ्नो च्वाइस भन्न थाले (को चाँहि इलिमिनेसन हुदैन भनेर)। तिन जनाले तिनजना बेग्ला बेग्लै पार्टिसिपेन्टहरुको नाम चूज गरे। एकजना स्मिता अधिकारी भन्ने रहिछिन् पार्टिसिपेन्ट, तिनलाई कसैलेपनि सेलेक्ट गरेनन्। त्यसपछि तिनलाई प्रोग्राम होस्टले आएर सोधिन, "तिमीलाई के लाग्छ तिमीलाई किन कसैले सेलेक्ट गरेनन्?"। उनले भनिन्, "यहाँ मेरा प्रतिद्वन्धी मध्य सबैभन्दा नराम्री म छु, यहाँ गला भन्दापनि रूपको सम्मान गरिन्छ। म नराम्री छु त्यहि भएर मलाई सेलेक्ट नगरिएको हो। मलाई लाग्थ्यो स्रोताहरुले मेरो आवाजलाई बुझ्नु हुन्छ र मलाई सेलेक्ट गर्नु हुन्छ तर यस्तो नहुने भयो।" उनि आँखा भरि आसुँ पारेर भन्दै थिइन्। उनले हार मानिसकेकी थिइन्। पछि 'जनताको पोलले' उनलाई नै सेलेक्ट गर्यो र उनि बचिन। मलाई उनि अत्ति पेसिमिस्टिक भएकोमा सार्है नराम्रो लागेको थियो। ल के के कुरा भनेछु यहाँ, हत्तेरिका!! तपाईँहरुपनि अनलाइन हेर्ने भए भर्याङ तल छ। ThanksKumle for the Link :-)
Read Full Discussion Thread for this article