Posted by: Gautam B. June 7, 2007
Login in to Rate this Post:
0
?
सहभागिताको लागि धन्यवाद तृष्णाजी! अरु रचना पनि राख्दै जानुस्।
*********************
यी दुई मुक्तकचाहिँ पोहर यहि ताका रचित 'ताजा' मुक्तक हुन्। अन्त कतै राखिसकिएको पनि हो।
"होशियार -१"
बहुदलमाराले संविधानसभाको भाषण पस्किए
नाती जर्नेल पनि लोकतन्त्रसंग मसक्क मस्किए
बजारमा खरानीको अभाव हुँदैछ चाँडै-
हिजो राति एक हूल 'नयाँ जोगी' निस्किए !
"होशियार -२"
छेपाराहरु रंग बदल्न सक्छन्
स्यालहरु हुइँय्याको प्रसंग बदल्न सक्छन्
नदेखिने दाराहरु पनि छन् ब्वाँसाका-
होशियार! पाठा खाने ढंग बदल्न सक्छन्!