Posted by: Gautam B. June 7, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
तीन मुक्तकहरु -१- किन मध्यदिनमै बर्बराउने भेष छ?! मलाई बिर्स्यौ?! कि खल्तीमा अर्कै आदेश छ?! कुद्नेले हार्ने प्रतियोगिता गर्दैछौ शायद बूढा घोडाहरुको रेस छ! -२- आफ्नो कद आफैं घटाउँदै छन् मान्छेहरु आफ्नै टाउको कटाउँदै छन् आत्मघातमा पनि गौरव गर्दा रहेछन् आफ्नै इतिहासलाई धूलो चटाउँदै छन्! -३- 'जब मेरै खल्तीमा पूरै देश छ, जनताले राजनीति नबुझेकै वेश छ।' 'देश चलाउनेको योग्यता?' मैले कोट्याएँ 'हेर, यी पूरै पाकेको केश छ!'
Read Full Discussion Thread for this article