Posted by: chanaa_tarkaari June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
पारी गाममा क्या जुहारी चलेको रैछ कि, हाउँरो निशपाट नि तेहाँ साहित्यकार बनेछ कि डिङो हल्लाउदै, मैले त सिधै कपेर ल्याएँ कि, लु चौतारीको गाम्लेहुर हो हेरम त, कस्तो लायो ? त्रिश्ना भन्छिन : मेरो घाऊ मा नुन् तिम्ले छर्दा म तिम्रो घाऊ मा मल्हम दल्नु किन? मलाई पिडा हुँदा गहिरो चोट पर्दा सान्त्वना का २ शब्द तिम्ले नभन्दा तिम्लाई पर्या बेला चै नदुखेको टाउको दुखाउनु मैले पर्ने भन किन किन ?? भन्छौ तिमी एउटा गर्छौ तिमी अर्को तिम्ले भन्या सबै मैले मात्र मान्नु पर्ने किन? मेरो भावनाको उपेक्षा गर्दा तिम्ले मैले तिम्रो भावनाको कदर गर्नु किन? तिमी खुल्ला पंक्षिसरि स्वतन्त्र भइ घुम्दा म मात्र पिँजडाको चरि बन्नु किन? सम्बन्ध हो हामी बिच दुईको निरन्तरता दिन हर्दम असफल प्रयत्न मैले मात्र गर्नु पर्ने भन किन? त्रिशको जवाफ : सायद ए उटा भूल कहिं कतै भयो होला पनि तर नसोच्नु कहिले जिवनमा माया मैले गरेको छैन भनि तिम्रो हर दू:खमा कहिं कतै रोयको छु म धेरै भयो तिम्रो बोलि नफुटेको तिम्रो दुइ शब्दको लागि तड्पिएको छु म आज भोलि तिम्रो हर भावना,चाहना बनेको छ मेरो तिम्रो हर कदम,ज्युने बहाना बनेको छ मेरो निशपाटको आग्रह : उनको आँशु बहिरह्यो उसको पनि झरेकै हो यस्तै रैछ संसार हजुर दुबैलाई पिर परेकै हो जानेलाई जान दिउँ प्रियको बाटो किन छेक्नु बिधिको बिधान कठै हजुर रोकेर कहाँ सक्न रोक्नु समय यस्तै बग्दै गर्छ पानी संग्लो हुँदै जान्छ शोकमा किन बस्नु हजुर बाँच्ने बानि बस्दै जान्छ! :)
Read Full Discussion Thread for this article