Posted by: sprakashp June 5, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
यो मुक्तक हो वा गजल ? सरकार पो किन चाहियो ? दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥ कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥ मोतीराम भट्ट
Read Full Discussion Thread for this article