Posted by: raascal June 5, 2007
परिचय ! एउटा नेपालीप्रती, एउटा नेपालीको ।।।
Login in to Rate this Post:     0       ?        
" तपाईँको त्यो पुरानो नेपालमा अहिले विचित्रको तमाशा चलेको छ त्यहाँ सबै ऊचित छ तर नेपालीपनको परिचयले हामीलाई छलेको छ मान्छेहरूले नाक, रौँ र पिँडुलामा मान्छेका परिचय खोज्न थालेका छन असहमत हुन सक्नुहुन्न तपाईँ, सहमतिका नया काइदा जो पालेका छन देश ,देश हुन भावनाको एकता जो चाहिन्थ्यो भन्थ्यौँ हामी धेरै पहिला भएका छन ती कुरा आदर्श, अतितका कन्था, पुराना र घीन लाग्दा मइला मान्छेको परिचयमा जात ,भाषा, काठ र भेगका नौला मापदण्ड छाएका छन हे्र्नुस त चालीस वर्षपछि, मधेश झरेका माइलाबा पहाड फर्केर यतै बस्न आका छन।।। " "मवादको मलहमले हाम्रो महत्वाकांक्षाको मनमौजी महललाई महान बनाउनु परेको छ।" hmmmm...... majaa aayo padhera ..
Read Full Discussion Thread for this article