Posted by: Eklavya June 5, 2007
परिचय ! एउटा नेपालीप्रती, एउटा नेपालीको ।।।
Login in to Rate this Post:     0       ?        
आज थोरै आकांक्षा र धेरै उन्मादको नशामा रल्लिएर मान्छे आफ्नो जरा खोज्न हिँडेको छ , आधुनिकताको अभिमानमा प्राचिनताको लेपन घसेर जात ,भेग र नाक अनि नक्शाका म जस्तै महरू खोज्न र अरू जस्तै अरूहरू लघार्न हामी टुँडिखेलको हाट भर्न जानुपर्छ र भिड्नु पर्छ र खेल्नु पर्छ बेजोड सिँगौरी किनभने मेरो अतितको हिसाब किताब खोज्न मैले बदलाको आखेटक बन्न सिक्नु पर्छ र च्यात्नु पर्छ प्राचीन र अर्वाचीनको विभेदकारी त।यो पर्दालाई। किनभने, हामी हामी हुन सक्नौँ त के भो ? म जस्ते महरुको समूह बनाएर अरूजस्तै अरूहरुको खेदो खनेर मवादको मलहमले हाम्रो महत्वाकांक्षाको मनमौजी महललाई महान बनाउनु परेको छ।
Read Full Discussion Thread for this article