Posted by: chanaa_tarkaari May 30, 2007
Login in to Rate this Post:
0
?
ह्वाँ जिम्माल बा को नलिखुट्टो दुख्या'छ रे, खोकि नि ख्वाक ख्वाक लाग्या लाग्यै छ रे, तिउँरो सान्डेको तेल चाइयो रे । छैन ? छैन रे !!! खोइ त? अस्ति त्यो ट्याङका भरी थियो के गर्यौ ए त्यो तेल ?
कुरो बुझ्दा त यस्तो र'छ गाँठे -
अस्ति यो मदनवालाइ कुम्लेले बाल्याकालको कपर्दी सम्झाइदे'छ कि । त्याँबाट त मदनवा सेण्टीफ्लाट । सम्झिदै गएछ पुरानो कुरो, झुपा झुपा भन्दै देहाततिर ठिटीको पछि गाउँदै हिडेको, कुर्कुरे बैशमा मस्ति गर्दै जय श्री राम जि, जय हनुमान जि भनेको, नाच्दै हास्तै हिडेको, जुवा खेलेको, के के गरेको गरेको । आहाहाहाहाहा क्या दिन थियो । अहिले हेर - अहेबको जागिर, स्वास्नी परीवार सबै छोडेर चोतारीमा उक्ल्यो । केहि छैन लाइफमा रे । शुरुशुरुको २-४ दिन मस्ति नै भो, तर यो जो लामो बिदामा सप गाम्ले हराउन थाले । बिचरा मदनवालाइ न्यास्रो लाग्न थालेछ । निशेले बेला बेला मदनवालाइ तेल घस्ने, तर मदनवा भने डरके मारे, निशेले घसेको तेल नि खाक्सी झै खस्रो हुनि रे के । झन डाडु पन्युको लभस्टोरी सुनाइदेर मदनवाको दिमाग चाट्नु चाटेछ । अनि हिजो राति टेन्सन परेर दारु खान मन लागेछ । लोडसेडिङ भएको बेला राति ट्याङकाबाट दारु तानेर पिएको त सान्डेको तेल पो परेछ । जति पियो त्यति मिठो, जति पियो त्यति मिठो, पिउदा पिउदै कतिखेर भुसुक्कै निदाएछ । त्यो तेलको करामत, आज ब्यान देखुन यो मदनवा जसको आवाज सुन्यो उसैको आवाजमा बोल्न सक्नि भएछ गाँठे । जिम्मालको सुन्यो, जिम्माल जस्तै बोल्नि, ठुल्दाइको सुन्यो ठुल्दाइ जस्तै बोल्नि, ठुलिको सुन्यो ठुलि जस्तै बोल्नि । हैन यो मदनवालाइ के भो, सब गाम्लेहरु चकित परो बाबै । अरुलाइ आपत पर्दा ओखतिमुलो गर्ने यो मदनवा आफै यस्तो गति परेसिन कोल्लाइ गुहार्नि होला? यस्तो मामिलामा जानकार, आपतबिपताँ गिदि छड्काउन सिपालु त उहि चीरपरिचित तालुखुइले पुण्टे दा हुन के रे, कता हराए तिनि?