Posted by: Rahuldai May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हो नेप्चे, २-४ घण्टा भो आफ्नि गाम् फिरेको। बुशको गाम घुम्न गएको भन्दा नि बुशलाइ भेट्न गएको। बुश दाइ त ठुस् ठुस् गन्हाउने जुश पिउंदै, साह्रो टेन्सन भो रे इराक र अफ्गानिस्तानको गलगांडले भनेर सुनाउंदै थिए, मातेको बुढा। मैले नि टेन्सन सेन्सन् लाई रिलाक्सेसन गर्ने भए हाम्रो चौतारिमा आउनु शितल् हुन्छ भन्देको के थिएं, बुढा त अहिलेइ जाम् भन्दै कर गर्न थाले। अब यता जिम्माल् बालाई न सोधी फिरङ्गीलाई गाममा कसरि ल्याउने? फेरि निशे र हाँडिगाउंका ग्याङले र्‍याग गरेर बाउ बुश को नि स्वयम्बर् ग्राइ दिने पो हुन् कि भन्ने चिन्ता लागो । अनि म बिजुली पत्र पठाउछु, गाममा साइत जुराउनु पर्छ भनेर साइड् परें।
Read Full Discussion Thread for this article