Posted by: mampaka May 28, 2007
गर्नु गर्‍यौ बलराम भैंसी पालेर
Login in to Rate this Post:     0       ?        
Does anybody has this song or link to it? thanks in advance

गर्नु गर्‍यो गीतले
राजेन्द्र नाथ

गनर्ु गर्‍यौ बलराम
भैंसी पालेर

दुनियाँलाई ढाँटेर

खाँटी दूधमा पानी हालेर...

बालक-वृद्ध सबैले लोकशैलीको यही गीत गुनगुनाउँछन् अचेल । पछिल्लो समयमा चर्चाको चुली चुमेको गीतले धेरैलाई मनोरञ्जन दिएको छ । केही यस्ता पनि छन्, जसलाई उक्त गीत चम्केेपछि पीडा भएको छ ।

सन्दर्भ बलरामकै । संयोग के भने राजु परियार र विष्णु माझीको यो गीतको मुख्य पात्रसँग नाम जुधेकै कारण दुर्गास्थान गाविस ऐचेकाँडाका बलराम शर्मा दुःखमा छन् । बालबालिकाको घोचपेचका कारण उनले दूध बेच्ने व्यवसायै त्यागेका छन् ।

ज्ािल्लामा गीतको चर्चा जति छ, उत्तिकै बलरामले दूध बिक्री गर्न छाडेको खबर पनि फैलिएको छ । केदारेश्वर उच्च माविका विद्यार्थीको जिस्क्याइले आजित बलराम अहिले दूध बजारसम्म पनि ल्याउँदैनन् । विद्यालयनजिक छोराको चिया- पसलमा पनि आउन छाडेको स्थानीय बासिन्दा बताउँछन् ।

'एकाबिहानै छोराको पसलमा दूध ल्याउने बलराम अचेल देखिन छाडेका छन्,' शेरबहादुर चन्दले सुनाए- 'बलरामलाई देख्नेबित्तिकै विद्यार्थी 'गनर्ु गर्‍यौ बलराम...' गाउन थाल्छन्, अपमानित महसुस गरेका छन् उनले ।'

टीभी तथा रेडियोमा गीत बज्नेबित्तिकै कान थाप्ने पारखीहरूले मनोरञ्जन पाएका छन् तर वृद्ध बलरामको पीडा कसले बुझ्ने ? गाउँलेको गफको विषय भएको छ 'गनर्ु गर्‍यौ...' सन्दर्भ ।

बलरामको पीडा आपmना ठाउँमा छ, अल्बम भने सीमापारि नेपाली श्रोतामाझ पनि लोकपि्रय हुँदै गएको छ । पिथौरागढमा सीडी बनाई बेचने धन्दा मौलाएको छ ।
Read Full Discussion Thread for this article