Posted by: sprakashp May 26, 2007
Login in to Rate this Post:
0
?
काव्यको यो मालामा आफ्ना सृजनाका थूँगाहरु उनेर यहाँसम्म ल्याउने सबै मित्रहरुलाई मुरीमुरी धन्यावाद दिदै मैले माथि भनेजस्तो नेपाली साहित्यका तपाइँहरु योद्धाहरुप्रति यो कविता राम्रो नराम्रो जे भए पनि समर्पित छ । झर्को नमानी पढिदिनु होला ! Thank You !
एउटा योद्धाको खोजी !
शिव प्रकाश (हरैंचा/मोरङ)
म एउटा
प्रतिद्वन्दी योद्धाको खोजीमा छु
मेरो खोजीको त्यो योद्धा
मभन्दा ठूलो होस्
बलियो होस्
बहादुर होस्
शक्तिशाली होस्
सहासिलो होस् ।
बुद्धिमा होस्
विवेकमा होस्
विद्वत्तामा होस्
आस्थामा होस्
आचारमा होस्
विचारमा होस्
सत्यमा होस्
निष्ठामा होस्
र्धर्ममा होस्
र्कर्तब्यमा होस्
गराइमा होस्
बोलाइमा होस्
प्रेममा होस्
भावनामा होस्
अनि विश्वासमा होस् ।
युद्धको नियम अनुसार युद्ध लडोस्
युद्ध प्रतिशोधका लागि नगरेर
परिवर्तनका लागि गरोस्
हार्नु र जित्नु त छदैं छ युद्धमा
हार्नुलाई हिनता नमानोस्
जित्नुलाई जगजगी नठानोस्
म यस्तै विवेकवीर सत्यसाहसी
विद्वत्त बलियो प्रतिद्वन्दी योद्धाको खोजीमा छु,
म एउटा निशस्त्र युद्धको स्वागतमा छु ।
युद्ध लड्नु नै छ भने निर्धासँग के लड्नु
त्यो त्यसै कमजोर छ,
सिंहका सामू स्याल जस्तो !
युद्ध लड्नु नै छ भने सानासँग के लड्नु
त्यो त्यसै सेपिएको छ,
बटबृक्षको ओसमा परेको विरुवा जस्तो !
जित्नु नै छ भने ठूलैलाई जितौं
जित्दा जीतको मजा होस्
जित्नु नै छ भने बलियैलाई जितौं
हार्दा पनि हारको लज्जा नहोस्
जित्नु नै छ भने एउटा योद्धालाई नै जितौं
जुन योद्धासँग हारे पनि केही जितियोस्
जुन योद्धासँग हारे पनि केही सिकियोस् ।
हाल: बोष्टन/अमेरिका ।
(साभार-नेपालीपोष्ट डटकम)
एउटा योद्धाको खोजी !
शिव प्रकाश (हरैंचा/मोरङ)
म एउटा
प्रतिद्वन्दी योद्धाको खोजीमा छु
मेरो खोजीको त्यो योद्धा
मभन्दा ठूलो होस्
बलियो होस्
बहादुर होस्
शक्तिशाली होस्
सहासिलो होस् ।
बुद्धिमा होस्
विवेकमा होस्
विद्वत्तामा होस्
आस्थामा होस्
आचारमा होस्
विचारमा होस्
सत्यमा होस्
निष्ठामा होस्
र्धर्ममा होस्
र्कर्तब्यमा होस्
गराइमा होस्
बोलाइमा होस्
प्रेममा होस्
भावनामा होस्
अनि विश्वासमा होस् ।
युद्धको नियम अनुसार युद्ध लडोस्
युद्ध प्रतिशोधका लागि नगरेर
परिवर्तनका लागि गरोस्
हार्नु र जित्नु त छदैं छ युद्धमा
हार्नुलाई हिनता नमानोस्
जित्नुलाई जगजगी नठानोस्
म यस्तै विवेकवीर सत्यसाहसी
विद्वत्त बलियो प्रतिद्वन्दी योद्धाको खोजीमा छु,
म एउटा निशस्त्र युद्धको स्वागतमा छु ।
युद्ध लड्नु नै छ भने निर्धासँग के लड्नु
त्यो त्यसै कमजोर छ,
सिंहका सामू स्याल जस्तो !
युद्ध लड्नु नै छ भने सानासँग के लड्नु
त्यो त्यसै सेपिएको छ,
बटबृक्षको ओसमा परेको विरुवा जस्तो !
जित्नु नै छ भने ठूलैलाई जितौं
जित्दा जीतको मजा होस्
जित्नु नै छ भने बलियैलाई जितौं
हार्दा पनि हारको लज्जा नहोस्
जित्नु नै छ भने एउटा योद्धालाई नै जितौं
जुन योद्धासँग हारे पनि केही जितियोस्
जुन योद्धासँग हारे पनि केही सिकियोस् ।
हाल: बोष्टन/अमेरिका ।
(साभार-नेपालीपोष्ट डटकम)