Posted by: Birkhe_Maila May 25, 2007
Login in to Rate this Post:
0
?
धेरै पछि यो धागोमा आएँ!
धन्यवाद पर्वत्यजी, यो अलि पहिला लेखेको कविता मन पराइदिनुभएकोमा! माफ गर्नुहोस तपाईँको कमेन्ट हेरेनछु पहिला!
धेरै भयो यो धागोमा केहि नटाँसेको, एउटा पागलपन टाँस्दैछु! मात्र लेखिएको हो! शैलिबिहिन छ, रस बिहिन छ र स्वाद बिहिन पनि छ! मात्र अक्षरहरु...मेरा पागल अक्षरहरु!!
भुत र तिमी-
ढल्केको छ मेरो समय!
पिसाको टावर जस्तो; किन्चित बाङ्गिएर,
आफैँमा अलिक अप्ठ्यारो बनेर!
म महसुस गर्छु,
मेरा भुतहरु; तर्साउने भुतहरु;
बिश्व युद्ध जति पुराना भुतहरु,
जुन मलाई अझै कतै पछ्याउँदैछन
र एक्काइसौँ शताब्दिको आधुनिकताको
वज्र प्रहार गर्दैछन मेरो ढाडमा!
जब कि,
भाग्न छाडेको एक युग भैसक्यो!
शायद रोकिन छाडेको पनि एक आयाम भैसक्यो!
तर ढल्केर कतै ढल्नु नै नियति भयो!
तिमिलाई थाहा छ, मात्र म चलिदिन्छु,
तिम्रो हावा संगै! जीवन हावा संगै?
तिमीले मेरा हात खुट्टा सग्ला देख्छौ।
मलाई हाँसो उठ्छ तिम्रो अन्धोपनामा!
म मात्र केहि हाड र केहि पाउन्ड मासु!
ल मानेँ मैले, केहि रगत र केहि पानी
अरु के छ? रुखो छालाको आवरण???
के देख्छौ तिमि?
मलाई तिम्रो आँखा हुन मन लागेको छ!
र पूर्व लाल देख्न मन लागेको छ कुनै बिहानिको!
बर्षौँ भयो मेरो पूर्व कालो भएको!
हैन शायद त्यो सेतो छ!
म अचेल वास्तविकता चिन्दिन।
म तान्त्रिक अभ्यासमा छु,
जस्ले घरको चारैतिर किला गाडेर भुत भगाउँछ!
हो भुत भगाउँछ!
मैले कुनै चलचित्रमा हेरेको थिएँ र हाँसेको थिएँ!
अहिले म त्यहि गर्दै छु
तिम्रो हाँस्ने पालो छ
र निर्धक्क हाँस्न सक्छौ तिमी मेरो बालपनमा!
तर तिमी किन चुप छौ?
तिमिले देखेनौ मैले चिहान खनेको?
मेरो लागि हैन, तिम्रो लागि हैन
भुतको लागि; तर्साउने कालो भुतको लागि!
तिमीले त मलाई शुभकामना पो दिन पर्ने,
मेरो पुरुषार्थमा! मेरो प्राप्तिमा! मेरो घमण्डमा!
तर तिमी किन चुप छौ?
तिम्रो चुप्पिले मलाई;
मेरो भुतले भन्दा पनि बढि तर्साउँदैछ!!