Posted by: chanaa_tarkaari May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया.. आक्काकाउ... तितौरि...

असारैमा झरि छ दिनका दिन
माया सम्झी रोइर'छु छिनका छिन
ऐयाया.. आक्काकाउ... तितौरि...

के को माया लाउनु र खुनिलाई
यता माया अन्तै मन हुनिलाई
ऐयाया.. आक्काकाउ... तितौरि...

माया लाम्दा देखिन खुनि मन
मन भन्दा नि ठुलो पो रैछ धन
ऐयाया.. आक्काकाउ... तितौरि...

मदनवाले देको छ सान्डे तेल
तितौरीको टाउकोमा जुम्रा भेल
ऐयाया.. आक्काकाउ... तितौरि...

चिप्ले झर्यो सम्झिदै अचार
गीत गाउने छैन कि बिचार
ऐयाया.. आक्काकाउ... तितौरि...

राहुल्दाइले बोलाको सान्नानी
सँगै बसी कुर्दैछ निशे नि
ऐयाया.. आक्काकाउ... तितौरि...

शुक्रबारे लड्खडाउँदो जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article