Posted by: Gautam B. May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ए राता मकै!!!!बाँच्नु पर्दो र'च, के के देख्न पाइदो र'च!

पुण्टे बूडाले भउतेले साली उडाम्नी भ' भनेर कम्पाउण्ड लाउनी भन्या कुरा त थाहा होला नि है तिमार्लाई! तर डकर्मीजति सप्पै अन्त-अन्त बिजी भएर पुण्डे बूडाको कम्पाउण्ड दशैं अघि त बन्ला जस्तो छैन!
पुण्टे बूडा पनि के कम, कम्पाउण्डै नभएपनि पाँच मीटर अग्लो बना'र काँडे तार लगाएछन्। तेसमा करण्टो पनि छोडिहालेछन्। दुईटा डाङ्रे, तीन्टा कौवा त करण्टो लागेर तु परमधाम लागेछन्! अनि गामका बूडापाकाले साफसं हप्काएछन् तीनलाई! 'कतै नभ'की तेस्की साली! तेल्लाई जोगाउन यस्तो खतरा काम गर्नी?! गामका गाईवस्तु पर्लान्, बच्चै पर्लान्, केहि भईहाल्यो भने तेल्लाई जान्या छ, तालुमा त रौं छैनन्-छैनन्, भुंडीखोप्राँ भ'को अलि-अलि पनि नउखली कहाँ छोडौंला र----"
अनि पुण्टे बूडाले गिदी छड्का'र सोचेपछि हो जस्तो लागेछ तिन्लाई पनि। भउते आए पो करण्टो छोड्नी, अरुले त मेरी साली किन झम्टेलान् र भनेर करण्टो छुटाएर तीनपाने दिन थालेछन्।
बाहिर बच्चा खेलिरा'थे के रे, तीनले के भनेका थे कुन्नि, तीनपानेको सुरमा पुण्टे बुडाले 'भउते आ--यो!!' भन्या सुनेछन् र हत्त-न-पत्त करण्टो जोडिहालेछन्। अनि धोबिनी भाउज्यूलाई बोलार 'ल अरु कोहि आए करण्टो छुटाउनु,भउते आएचैं नछुटाउनु' भनेर अह्राएर फेरि तीनपानेमै लागे पुण्टे बूडा। तेतिखेरै हरि बज्जे कता'ट मादल बोकेर आइपुगेछ। अब 'मादल देखेपछि पुण्टे दाइका तीन नेत्र', नबजाई किन छोड्थे र! उनी मादल ठोकेर गीत गाम्न थाले, गीत सुनेपछि धोबिनी भाउज्यू पनि के कम, नाच्न थालिहालिन् उनी पनि!
" ए पुण्टे दाइ, तिम्ले खोज्या के हँ? बाहिर आउ त तुरुन्त!" दादाको रिसा'को स्वर सुनेर पुण्टे बूडा झस्के।
"के भ' ए दादा, तिम्लाई पनि बिहानैबाट तीनपानेको तलतल लागो कि क्या हो, हाउँरो चौतारी!" पुण्टे बूडाले गीतमै दादालाई जवाफ फर्काए।
"के को मलाई तलतल नि, यहाँ मेरो राँओ खलखल भईसक्यो करण्टो लागेर। नचाहिने काम गरेर! ल यो मेरो राँगोलाई केहि तल-वितल प-यो भने ठीक हुन्न नि!"
पुण्टे बूडाले यस्सो हेरे, दादाको मुर्रा राँओ टोला'र बसिराख्या र' छ काँडेतार मुनि। हिँड्नै नसक्याझैं देख्या छ!
"काँ करण्टो लागेर राँओ यस्तो हुन्छ दादा?! बरु यल्लाई----"
"यी केट्केटीलाई सोध त---!" पुण्टे दाइलाई उछिनेर दादाले बोले। केटाकेटीले पनि दादाकै कुराँ सहि थापे।
"एउटा पातकीबाट जोगिन यो सब ग-या हेर दादा, तिम्रै राँओ पर्न पर्नी! भैहाल्यो, मदनवालाई बोलार ल्याम् हिन। ठीक गर्छ मदनवाले!"
*******
"मदनवा, त्याँ 'धोबिनी बार एण्ड लज' सम्म हिन त!"
"के भईलियो? भाउज्यूलाई कुछ भयो? ---- अच्छा! हजुरको साली लाई--!" मदनवा डाउडर निकै उज्यालो अनुहार पारेर औषधिको ट्यांका मिलाउन थाल्यो।
"मान्छेलाई होइन, रांओको इलाज गर्नु परो, छिटो हिन त!"
"अरे वाफ रे वाफ! हामी थोडै जानवरको डाक्टर हो, हामी त आदमीको पो डाक्डर! ठीक छ आदमीलाई पनि जानवरै हो सला भनिलिनुहुन्छ भने हामी त दो पैर वाला जानवरकै मात्रै डाक्टर हो। चार पैर वालाको इलाजको हामीलाई थोडै नलेज छ? सिटामोलले ठीक हुन्छ भने लिनुस् दश गोली! सला डिकोल्ड पनि लिनुस्! एमजिट पनि लिनुस् दश गोली! ब्रुफिन पनि खुवाईदिनुस् दश गोली!" औषधिका पत्ता तास फ्याँकेझैं फ्याँक्यो मदनवाले, झोक्किँदै! "सला, भैंसको डाक्टर बनाइदियो हामीलाई---!"
पुण्टे बूडाचैं औषधि सप्पै पोको पारेर डौडिए धोबिनी बारतिर। धोबिनी भाउज्यूले लुगा धुने पलाष्टीको बाटाँ पानी भरेर औषधि घोलेर राँओलाई खुवाइदिए!
ए राता मकै! के उल्का भयो यस्तो गाँठे! एक बाटा औषधिको झोल खा'सी, राँओ त जुरुक्क उठेर खित्का छोडेर हाँस्न लाग्यो गाँठे! अहिले पनि हाँसीराख्या छ! कहिले खित्का छोडेर हाँस्छ, कहिले दाँत देखा'र ङिचि्क्क हाँस्छ!
ए राता मकै!!!!बाँच्नु पर्दो र'च, के के देख्न पाइदो र'च!
Read Full Discussion Thread for this article