Posted by: Birkhe_Maila May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
एक धर्को सिन्दूर के हो र
त्यो त पखालिन सक्छ
चुरा पोते काँचको न हो
त्यो पनि टुट्न सक्छ
दिन्छु तिमीलाई त्यो चोखो माया
जो सधैँ सधैँ बाँचिदिन्छ

जलिरहेको पवीत्र अग्नि छोएर
देवता र दुनियाँ सारा साक्षि राखेर
खाएको कसम केहि हैन
त्यो पनि टुट्न सक्छ
दिन्छु तिमीलाई त्यो चोखो माया
जो सधैँ सधैँ बाँचिदिन्छ

हाँसखेल यो रमझम मिठो मिठो यो जीन्दगी
बैँश उज्यालो छ दीप जलेझैँ छ धिपधिपि
सानो हुरिको वेगले यो पनि निभ्न सक्छ
दिन्छु तिमीलाई त्यो चोखो माया
जो सधैँ सधैँ बाँचिदिन्छ


साईको गित सहित सेन्टिमेन्टल जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article