Posted by: Rahuldai May 17, 2007
ADB's Melamchi Withdrawal Warning!!
Login in to Rate this Post:     0       ?        
काले क्रिष्ण जी, मेलम्चि कुनै ब्यक्ति वा संस्थाको रहर् र लहड् मा उभ्रेको आयोजना होइन। उपत्यकाको पानीको माग र भबिष्यको मागको आपुर्ति गर्न सक्ने अनेक संभावनाहरु अध्ययन भएकाछन्। तपाईले भने जस्तो बर्षात को पानि पनि एक बिकल्प हो, त्यसको पनि अध्ययन भएको छ। नेपाल सरकारका खाने पानी क्षेत्रमा काम गर्ने प्राबिधिकहरु सक्षम छन्। बिभिन्न जिल्लाको दुर्गम क्षेत्रहरुमा बर्षातको पानी जम्मा गरेर खानेपानी आपूर्ति गरि राख्या छन्। सरकारि निकाय भएकोले बिज्ञापन गर्दैनन्र धेरैलाई जानकारि न हुन पनि सक्छ। बर्षात को पानीले काठमाडौको मागको केहि अंश पनि धान्न सक्दैन र त्यो अंश पनि संकलन गर्न चाहिने पूर्बाधार बनाउने भौगोलिक अबस्था छैन अहिले। खाली जमीन र सिम्सार् क्षेत्रको नामो निशान छैन। उपत्यका अहिले कंक्रिट् को जङल भै सकेको छ। मित्र, नेपाली प्राबिधिकको क्षमतालाइ शंका नगर्नुस्, तपाईको सोचलाई पनि सोचेका थिए बुज्रुक इन्जिनियरहरुले , अन्य नयाँ बिकल्प पनि सोच्ने र खोज्ने छन्। कसैले बिना आधार बर्षातको पानी नै पर्याप्त छ भन्छन भने या त उस्मा अर्ध ज्ञान मात्र छ या त उ प्रचार प्रशार मात्र चाहन्छ। कठमाडौका पूर्ब मेयर केशब स्थापितले गरेको हावादारि कुरा सम्झिन्छु। काठमाडौ मा बनाउने हेरक् घरले बर्षातको पानी जम्मा गर्ने ठाउँ बनाउने रे अनि पानीको समस्या समाधान् हुन्छ रे। संभव छ, २ आना ३ आना मा घर बन्ने शहरमा पानीपोखरि बनाउने? भन्न पायो भने बोल्न पायो भने जे पायो त्यहि त बोल्नु भएन नि , होइन र? Little Knowledge is danagerous भनेको यहि हो। स्थापित जी पनि ओभरसियर पढ्दा पढ्दै बिचमा छोड्नु भएको ब्यक्ति रैछ, पढाइ पूरा गरेको भए थाह हुन्थ्यो, संभव छ कि छैन भनेर।
Read Full Discussion Thread for this article