Posted by: newStudent May 15, 2007
सालीक जति झ्वाम रे
Login in to Rate this Post:     0       ?        
माओबादीले काठमाण्डुमा रहेका राजा महाराजाका सबै सालीक ढाल्ने रे। लौ। तेसो भन्दा भुपतिन्द्र मल्ल, योग नरेन्द्र मल्ल को पनि ढाल्ने भनेको हो? पाटन दरबार क्षेत्र र भक्तपुर तिर सुरक्षा कडा बनाउनु पर्ला जस्तो छ। यो साहित्य र कला नबुझ्ने जनावर जातको त भर छैन। कसले हो भनेको, यदि तिमि सँग एउटै मात्र हतियार छ र त्यो हथौडा हो भने तिमिले जे कुरो लाई नि नेल देख्छौ भनेर। यो माओबादिलाई पनि अरु केहि राम्रो काम गर्न आउदैन, कि मारपिट गर्‍या सुनिन्छ, कि हथौडाले हानेर के के चिज भत्काएको। कुन दिन काठमाण्डु छिर्ने सबै राँगा को खुट्टा भाचेर मात्र छिराउने भन्ने निर्णय गर्न बेर छैन, काम पाइन बुहारि पाडाको नाइटो कन्याइदे भन्याजस्तो।
Read Full Discussion Thread for this article