Posted by: Pretty May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
खै ल्याउनु त पुस्टकारी अनि भन्छु सबै खबर। ल सुन्नुस् त अब। घराँ सपैलाई सन्चै छ। मेरो रुघा ठिक् हुन लायो भनम न। हाउँरो गाम तिर त झलमल्ल छ अचेल घाम। मकै त छरेको नि, तर ति ग्वाचे र हरी नआएर मकै छर्नी ट्याममा कस्तो हउर्बा रिसाउनुभाछ। तो चिलाउन्या रुख काट्न बन्चरो ल्याउनु पर्छ जिम्मालेका बाट भन्नुहुन्थ्यो हजुर्बा ले। ओखरबोटे काका र सिरानघरे मामा त आरामै छन् रे। साईँलि पोइले गा कुरो त मलाई था छैन, कता कता जिम्मालेले चिलिमको सुराँ साइँलीलाई फकाउँदै थ्यो भनेर गाईँगुईँ नि सुन्या हो, हो र जिम्माल बा? ज्वाँई लाई नि आराम छ, शहर जानु भैछ अहिले।
Read Full Discussion Thread for this article