Posted by: Rahuldai May 11, 2007
RahualDai
Login in to Rate this Post:     0       ?        
तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र? नफुलेकोमा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र? वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र? उमेरमा रुप यौबनको गर्नु घमण्ड गर्यौ र के पायौ, चाल चलन छोडी तिम्रो कूल चल्नै पर्छ भन्ने के छ र? फेरि पनि यो शहर फर्किने गाइंगुइं म सुन्दै छु, तिम्रो स्वागतमा फेरि तुल टाग्नै पर्छ भन्ने के छ र? जताततै मित्र भन्दा शत्रु कमाएछौ जिन्दगि भरि, अब तिमी आउंदा त्यो हुल छल्नै पर्छ भन्ने के छ र?
Read Full Discussion Thread for this article