Posted by: chanaa_tarkaari May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ, यसो बोर्डीङ स्कुलको हालखबर के छ भनेर हेर्नलाइ उता छिरेको । सप्पैलाइ फाइन थ्यांकु रैछ जस्तो छ। आहाहाहा राम्रो गीत जस्तो लायो, तर मैले पहिला सुनेको छैन है यो, कि भर्खर रिलीज हो? अनि हाम्रो गाम्तिर बेलायति महारानी घुम्न आइस्याछिन नि । त्यसैबारे एउटा कुरो सुमाम्छु है । महारानीले हाम्रो गामलाइ 'कस्तो ठाउँ हो यो जहाँ गए नि गन्हाउने, पहिला आउँदा त्यस्तो गन्हाएको थिएन, अहिले त गन्हाएर टाउको नै दुख्यो' भनेर मर्जि भइसेछ ।म्युजियम जाँदा नि गन्हायो, बुशको घर तिर नि गन्हायो, बैज्ञानिक अखडा नि गन्हायो, हुँदा हुँदा बगैचा र बाटो नि गन्हायो रे । धन्न!!! गाडीभित्र मात्रै नगन्हाउने रे । सरसफाइ त राम्ररी नै गरेको, फेरी के भएर महारानीलाइ गह्नाएछ भनेर खोजतलास गर्दा त्यसको रमाइलो कारण थाहा लागेछ । महारानीलाइ अचेल पेन्ट स्मेल को एलर्जी रहेछ, तर ह्याँ भने महारानीलाइ स्वागत गर्न जताततै पेन्ट गरेर टिलिक्क पारेको, अझ महारानीले अकस्मात घुम्ने योजना बनाएको ठाउँमा रातारात पेन्ट गरेर टल्कायो तर त्यस्को गन्धबारे कसैलाइ सोच्ने फुर्सत नै मिलेन छ । त्यसैले यो सब लफडा भएको रहेछ ।
Read Full Discussion Thread for this article