Posted by: Rahuldai May 10, 2007
Nepal ko yetro Beijjat
Login in to Rate this Post:     0       ?        
पहिलो कुरा त नेपाल कि इज्जत कहिले थियो भन्ने कुरा गरम्। कहिले थिएन र? अर्को प्रश्न जन्मिन्छ। नेपाली भएर नेपाल को कुभलो र नकरात्मकसोच प्रचारिन थाल्यो भने हो, नेपाल को इज्जत कहिलेइ थिएन भन्ने साँचो हुन जान्छ। राष्ट्रियताको भावना मन मस्तिष्कमा गढ्न न सकेको नै सबै भन्दा ठुलो कमजोरि नेपाल र नेपालीको हो। राष्ट्रियताको भावना राता रात बिकसित हुने चिन्तामणि झोला होइन। युग युगबाट् रपान्तरित हुनु पर्ने बिषय हो। ऋतिक रोशन र इराक काण्ड राष्ट्रियता होइनन् न कि अमर् सिंह र बलभद्रको कथा मात्र। नेपाली हुनु र नेपाल हुनु को गर्ब हुने र गर्ने खै ज्ञान नेपाली सोचमा बिकसित भएको। १७ बर्षमा बहुदल र प्रजातन्त्रले मात्र यो बिकास हुन सक्ने आधार हुन त? गाली गर्न सजिलो छ, कमजोरि लुकाउने हर् कोइ ले दोस्रो तेस्रो ब्यक्तिलाई दोषि देखाउंछ। २३८ बर्षको शाह बंशले राष्ट्रियता को कुन पाठ सिकायो? राज भक्ति र चाकडि चुप्लीसि बाहेक्? पेट्रोल को अभाव ले जन जीवन कष्टमय बनेको छ नेपालमा। आयल निगम कंगाल छ, दुष्ट छिमेकीले दुख दिने नियत राखेको छ। संक्रमणकाल र तरल परिस्थितिलाई ध्यान दिएर केहि सहुलियत दिनु पर्ने हो। दिएनन्, तिनको नियत को कुरा हो, अधिकार पनि तिनकै हो। आयल निगम को यो हरि बिजोग हुनु मा के कति कारणहरु छन् त, अलिकति बिश्लेषण गरम् न त। नेताले कार्यकर्ता भर्ति गरे, कर्मचारि भ्रष्ट र निकम्मा छन्। त्यो सोह्रै आना सहि हो। के आयल निगममा काम गर्ने सबै कर्मचारि कार्यकर्ता मात्र छन त। २०४७ साल पछि र अघिका कर्म चारि कति छन्, लेखाजोखा छन् कसै सित। खांबो नै मक्किएको कीराले खाएको छ भने तल्ला थपिएका को केहि लाग्दैन। त्यो भन्दा नि राजनैतिक परिस्थिति यस्तो छ कि कहिलेइ आयल् निगम ले नाफा मा तेल् बच्दैन, बेच्न खोज्यो ठुलो बिरोध हुन्छ। भारत् भएर आउने तेल को मुल्य भारत मा भन्दा नि सस्तो हुने, अनि त्यसैमा हामी रमाउने? कम् से कम जति खर्च लागेको हो त्यतिमा त बेच्नु पर्छ, अनि सधै घाटाको घाटा। ओभर् स्टाफिङ् र चुहावट् को कुरा अर्कै छ। पहिला नाफा नोक्सान को सामान्य हिसाब किताब नै मिल्दैन भने यो हरि बिजोग न भए के बिजोग् हुने त?
Read Full Discussion Thread for this article