Posted by: Rahuldai May 9, 2007
ADB's Melamchi Withdrawal Warning!!
Login in to Rate this Post:     0       ?        
एक जना पूर्बाग्रही मित्र ले मेलम्ची को यो दरिद्र हाल लाई देउबा दम्पतिलाई दोष दिनु भएको रैछ। देउबाले मेलाम्चि ल्याउन काम गरे कि तुहाउन एक् चोटि पुन: अध्ययन गरे हुन्छ। वास्तबिकता बिस्तारै नाङ्गिदै छ। कस्ले किन बिकास होइन बिनाश थोपर्न खोज्दै छ, अन्दाज गर्न अब मुश्किल छैन। बिकास बिरोधि तत्वहरुको झुन्द कस्को इशारामा चल्दो रैछ बुझिंदै छ। बिस्तारै घाम जस्तै हुने छ। यमी जी, अहिले मन्त्री क्वार्टर् मा बस्नु हुन्छ क्या रे, पानी कुर्ने र भर्ने काम गर्नु पर्दैन होला। न त उहाँको बिदेशमा बस्ने छोरि लाई चिन्ता छ, पानीको। काठमाडौंका पुग न पुग ३७ लाख जनता ( जस्मा २४ लाख अन्यत्रबाट् अस्थायी रुपमा बसाइ सरेका) मध्य १ लाख जनताले पानीको लागि मानसिक र शारिरिक यातना दिन दिनै भोगिरहेकाछन्। क्रान्तिकारि नारी को चक्षुले १८ लाख नारिको क्रन्दन देख्दैन रैछ, केहि मुठ्ठि भर् रातो फेत्तावाला कर्मचारिहरु को संरक्षणार्थ लाखौं जनताको दुख सङ खेलवाड गर्ने महान कार्य गर्नु हुंदो रैछ, सलाम् छ काम्रेड यमी जी लाई। ए डी बी मात्र होइन, सबै ले हात झिक्ने छन्, ज्ञानेको अहंकार सङ तचुनौती दिए तिनले। यमी जी त आफै इन्जिनियर, लौ मलाई बताइ दिनुस् ( सके उहाँका चम्चाहरुले), काठ्माडौ को पानीको माग कसरि पुरा गर्नु हुन्छ। कहाँ बाट् ल्याउने दैनिक२० करोड् लिटर पानी? कुनै उपाय छ, कुनै श्रोत छ? पानी के वाइ सी एल का कार्यकर्ताले त्रीशुलीबाट् बोकेर काठमाडौ पुर्‍याउंछन् कि? पहिले पहिले त काठ्माडौ लाई बाहिरको मान्छे ( मन्त्री, प्रधान मन्त्री) वास्ता गरेनन् भनेर आरोप् आरोप् लगाइन्थ्यो र कतिपयले यसैमा चित्त बुझाउंथे। अब यमी जी, भुरुङ्खेलमा जन्मी हुर्केकि, अहिले नि मन्त्री क्वार्टरमा न भए त्यतै बस्नु हुन्थ्यो। कति दिन मा कति गाग्रो पानी झर्छ धाराबाट् मजाले थाहा छ उहाँलाई। तै पनि के गर्ने, माओ ले राम्रो कुरा सिकाको भए पो? गरीबलाई सधै गरीब नै राख्नु पर्ने, पीडितलाई झन पीडित नै बानौनु पर्ने सिद्धान्त हो तिनको। नत्र गरीब धनी भए भने, पीडित को पीडा हरण भए भने, तिनको नाम मा राजनीतिको रोटि पाक्न बन्द हुने छ। वा क्या गजबको सोच छ।
Read Full Discussion Thread for this article