Posted by: CaMoFLaGeD May 9, 2007
A TALLER GF
Login in to Rate this Post:     0       ?        
डाक्टर साब! यस्तो पढे लेखेको मान्छे भएर के तात्तो न छारो को थ्रेड खोलेर बसेको होला यार। लौ यार तिमी त इन्डियामा डाक्टर पास गरेर यु एस ए मा आएको हैन त? USMLE कि के भन्छ नि तिन तिन ओटा जाँच दिनुपर्ने, त्यो पास गरिसकेको हो? पास गरिसकेको भए त बरु पढाई वा काम के हो त्यत्ता तिर ध्यान दिए हुने नि, पास नगरेको भए यसो पढेर पास गर्न जोड गरे हुने नि, (कि त्यस्तो जाँच दिनुपर्दैन तिमीले?) हेर! कहाँ यस्तो गर्लफ्रेन्ड एक इन्च अग्ली भइ भनेर पिर मानेर बसेको हौ? अरु जो पाए त्यहि ले खोलेको थ्रेड भए मैले नि 'बाल मतलब!' भनेर बस्थेँ तर तिमी त डाक्टर हौ यार! यस्तो यस्तो कुरा मा टेन्सन लिन थाल्यौ भने हाम्रो चेक अप कसरी गर्छौ? ल ब्रो! मैले तिमीलाई राम्रो मान्छे ठानेर लेख्या है यत्ति, नरिसाउ क्यारे! पछि घुम्दै फिर्दै चितवन पुगिएला र "ओइ झारे! अस्ति न हाम्रो बिकाश दाईलाई तैले जे पायो त्यहि भनिस रे हो?" भन्दै तिम्रो टोलको केटाहरुले चुट्ला भन्ने पिर! :-)
Read Full Discussion Thread for this article