Posted by: lunnchtime May 9, 2007
छोटो मिठो कविता
Login in to Rate this Post:     0       ?        
शिव प्रकाश (हाल: अमेरिका) खवर्दार, बढारिएर जाउँला ! घोडा मर्यो बिना पानी गधालाई चढ्यो जवानी पार्टी-पार्टी सँधै जुध्यौं आफ्ना आफ्नै खुट्टा तानी-तानी । अर्कालाई मात्र दोष नदेओ फर्की हेर आफ्नो आनीबानी गाई मारी गधा पोस्ने काम गर्यो तिम्ले जानी-जानी । घर सल्काई जाती भयौ अर्कालाई तिम्ले आफ्नो ठानी गोटी बनी चलेका थ्यौ खसी बनाए, तिम्लाई छानी-छानी । जनताले सत्ता टेकाए सधैं गर्यौ, लाठो हानाहानी आपसमा मिल्न नसक्दा राम्रैसंग खायौं सिस्नो पानी । खवर्दार ! फेरि पनि गाई मारी पोस्ने काम गरौला जनताको अधिकारमा खेलवाड भयो भने बढारिएर जाउँला ।
Read Full Discussion Thread for this article