Posted by: copycat May 9, 2007
jhalak man gandharva
Login in to Rate this Post:     0       ?        
मैले भर्खरै सुन्दै लेख्दै गरेको हो, कत्ति नमिलेको पनि हुन सक्छ । तर पनि …यस प्रकार छ। हे बरै दसि धारापु नरोए आमा दसि धारापु नरोए आमा बाँचि पठाम्ला तस्विरै खिचेर कस्तो लेखि नि भाविले कर्मलिला थै मलाउ हजुर कस्तो लेख्यो नि भाविले कर्मलिला थै मलाउ हजुर हे बरै बाबाले सोध्लान् नि खै छोरा भन्लान् रन जित्तैछन् भन्दिए आमाले सोध्लिन् नि खै छोरा भन्लिन् रज है खुल्यो भन्दिए दाजैले सोध्लान् नि खोइ भाइ भन्लान् अँसै बढ्यो भन्दिए भाउजुले सोध्लिन् नि खै देवर भन्लिन् खसि काट भन्दिए भाइले सोध्लान् नि खै दाजै भन्लान् घेरामा परे भन्दिए दिदिले सोध्लिन् नि खै भाइ भन्लिन् माइति घटे भन्दिए बैनिले सोध्लिन् नि खै दाजै भन्लिन् चोलि घट्यो भन्दिए छोराले सोध्लान् नि खै बाबा भन्लान् टोपि झिक भन्दिए छोरिले सोध्लिन् नि खै बाबा भन्लिन् सुन-चुरा को दान दिए प्रियाले सोध्लिन् नि खै स्वामि भन्लिन् बाटो फुक्यो भन्दिए साथिले सोध्लान् नि खै लाउरे भन्लान् मया मार भन्दिए बटौलिको बजारैमा चार पैसाको लाज छैन शिरको स्वामि स्वर्गे हुँदा घर पस्निलाइ था छैन घर बस्निलाइ था छैन सिसै काट्यो गोलिले रनमा परि मरिछन लागुरे बाबा रुन्छन लौ बर्ष दिन आमा जुगै भरि लौ हजुर केहि शब्द र प्रयोग- दसि – (मलाइ थाहा भएन, दसि भन्नाले त दसि‍-प्रमाण भन्ने मा प्रयोग हुन्छ तर यहा के हो थाहा भएन) धरापु ‍- धराप थै – थुइक्क भन्ने अर्थमा मलाउ – मलाइ रन – रण रज – (रजाइँ ?) लौ – (एक निपातको अर्थमा० लौ (दोस्रो लाइनको) - लाई
Read Full Discussion Thread for this article