Posted by: chanaa_tarkaari May 8, 2007
My Boyfriend doesn't care abt me !!!
Login in to Rate this Post:     0       ?        
रचिता बहिनि, (तिम्रो अंग्रेजी आग्रहको जवाफ सबैले अंग्रेजीमै दिए, मलाइ लाग्यो तिमीलाइ नेपालीमा सुझाव दिदा अझ उपयुक्त हुने छ, किन कि हामीलाइ अंग्रेजीमा ऐया भन्न आएपनि दुख्दा खेरी मुखबाट नेपाली ऐया नै निस्कन्छ । ) माथिका यति कमेण्ट पढेसि तिमीलाइ एकप्रकार को राहत मिलेको हुनु पर्छ । धेरै जसो सुझावहरु राम्रा छन, तर ती सुझावहरुले तिमीलाइ झन मनोगत पो बनाउला कि भन्ने डर भो मलाइ । धेरैले तिम्रो प्रियलाइ नराम्रो चरित्रको रुपमा चित्रण गरेर तिमीभित्र रहेको असन्तोषको ज्वालालाइ बिष्फोट गराउन खोजे जस्तो लाग्यो, तर कुरो त्यति बिग्रीसकेको नहुनु पर्ने हो । अमेरिकामा ३-३ बर्ष एक्लैले सबै कुरा धान्नु एकदमै चुनौतिपूर्ण काम हो, जसलाइ झेलेर तिमी आफु कति सक्षम छौ भन्ने प्रमाण दिइसकेकीछौ । तिमीलाइ लाग्दो हो, तिम्रो यो संघर्ष र दु:खको यो गहिराइ तिम्रो प्रियले बुझिदेओस, तर असम्भव । बिदेश नदेखेको नभोगेको नेपालीले बिदेशमा पाउने दु:खको कल्पना पनि गर्न सक्दैन त्यसैले तिमीले गरेका बर्णनहरु सबै उसलाइ अतिरंजित लाग्ने छ उसलाइ, वाहियात र बनावटी लाग्ने छ । नेपालबाट देखिने अमेरीका र अमेरीकामै पाइला टेकेपछि देखिने अमेरीकाको बीच आकाशपातालको फरक छ । उसको हल्काफुल्का टिप्पणीले तिमीलाइ निराश र आक्रोशित बनाउने छ, जसलाइ प्रदर्शन वा प्रकट गर्न तिम्रो टेलिफुनले सहयोग गर्नै सक्तैन । भएको यति हो । तनावमा हुने कुराकानीले कहिल्यै शीतलता प्रदान नगर्दो रहेछ । त्यसैले हरेक टेलिफुन वार्तापछि तिमी घोर निराशामा डुब्दा हौ र यसैले तिमी बेचैन छौ । राम्रो पक्ष के हो भने तिम्रो प्रिय पनि अमेरिका आउदै छ, जब उसले यहाँको चुनौतिलाइ प्रत्यक्ष आफैले देख्नेछ, तब उसलाइ तिमीले गरेको संघर्षको गहिराइ अवगत हुनेछ, र तिमीले अन्तमा उसको सम्मान र आदर हासिल गर्न सक्ने छौ । तर यदि केटाको चरित्रमा नै कुनै खोट छ भने, उ आफ्नो बाटोमा लाग्ने छ, उसले तिमीतिरको बाटोलाइ वास्ता गरेर बस्ने छैन । यस्ता कुरामा धेरै चिन्तीत भएरै पनि कुनै समाधान निस्कँदैन, त्यसैले चिन्ता धेरै नगर्नु राम्रो होला कि । साझामा नयाँ तिमी यदि हौ भने यहाँको नाममा क्लिक गरेर इमेल पठाउन मिल्छ, आफुलाइ उचीत सुझाव दिएको ब्यक्तिसित इमेलमा सम्पर्क गरेर अरु कुराकानी गर्दा पनि राम्रो होला । समय र चाहना छ भने साझा चौतारीतिर आउनु, त्याहाँ चौतारी परिवार नै छ ‍- धेरै ठूलो र एकदम सहृदयी, रमाइला रमाइला, उत्कृष्ट ब्यक्तित्त्वहरु । शायद जीवनमा आशाबादि बन्न चौतारीले दह्रो सहयोग गर्ने छ बहिनीलाइ पनि । अपरिचित दाजै चना, साझाल्याण्डबाट
Read Full Discussion Thread for this article