Posted by: sumedhu May 7, 2007
Bahunists and Bahunism
Login in to Rate this Post:     0       ?        
हे जातिवादी तुस बोकेका नराधमहरू हो, आँफू केही गर्ने प्रयत्न गरेर त हेर गर्न कति गाह्रो छ । बाहुनवादको नाममा सबै बाहनलाई घानमा पोल्न खोज्नेहरूले बुझ्नु पर्दैन कि कुनै एउटा जातिको शासन नेपालमा कहिलै पनि थिएन भनेर । के नेपालमा कुनै काम गर्न बाहुन ने हुनुपर्ने व्यवस्था राखेको कतै देखेका छौ । बबुरो बाहुन बेलायती, सीगापुरे अनि भारतीय सेनामा भर्ति हुन र धन कमाउन नपाएर जसो तसो एस एल सी पास गर्न र खरदार ,मुखिया भन्ने सपना देखेर अहोरात्र घोटिन्छ र पढेर गाऊँको माष्टरसम्म भए पनि भेट्टाउने सोचमा लागि पर्छ । फाटेको लगाउने र समघर्ष ने जीवन हो भन्ने चिनेका बहुसंख्यक बाहुन क्षेत्रीहरू कर्णालीका खोँचदेखि मेचि पारिसम्म छरिएर दुख पाएका छन , तर केही टाठाबाठा कै घानमा हालेर सबै बाहुनलाई गाली गर्ने नराधमहरूलाई कस्ले बुझाइदेओस कि नेपालको समस्या जातिवादको प्रलाप अलापेर समधान हुँदैन बरू गरीबी र विपन्नताका बिरुद्द कसरी कार्यक्रम ल्याएर सबैलाई माथि उठाउने भनेर सोच्नु पर्ने बेला हैन र यो?। हे मनमा ईर्ष्या र तुस बोकेका नरपिशाच नराधमहरू हो यो २१ औँ शताव्दिमा मान्छेलाई जातिवादी लाइनमा बाँडेर न्याय खोज्न नहिँड । किनभने बद्मासी गर्ने व्यक्तिहरू खोज्यो भने हरेक जातिका लाउकेका रुपमा फेला पर्छन ।
Read Full Discussion Thread for this article