Posted by: marconi May 4, 2007
My Identity as A Nepali
Login in to Rate this Post:     0       ?        
केही दिन अगाडी एउटा प्रोफेसरसँग कुराकानी हुँदा उनले सोधिन्-"तिमीहरुको देशमा त जहाँबाट हेरे पनि माउन्ट एभरेष्ट देखिन्छ होला, हैन?" अर्को एउटा विदेशी साथीले हामीले फुटबल खेलेको देखेर सोधेका थिए-"तिमीहरुको देशमा पनि फुटबल ग्राउण्ड छ?" उनले पनि नेपाल पहाडै पहाडको देश भनेर सुनेका रहेछन्। झन् टाढाका पनि होइन, एकदमै नजिकका, भारतका एकजना साथीले मलाई सोधेका थिए-"तिमीहरुको देशमा त पहाडै पहाड छ रे, सुत्‍ने खाट कसरी अड्छ त्यस्तो ठाडो डाँडामा?" भन्नै पर्दैन, उनी सरदार थिए। देशको बारेमा त थाह रहेछ, तर उनीहरुले नेपाल सम्बन्धि पाएको 'थाह' नेपाल र नेपालीले दिन खोजेको 'थाह' बाट कतै धेरै टाढा पुगेको त होइन। खै के, खै के?? http://radiomarconi.blogspot.com/2006_12_01_archive.html
Read Full Discussion Thread for this article