Posted by: Poonte May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
एका बिहाऽऽऽनै काधाँ कोदालो भिरेर निस्केको, कालो बिरालो अलछिनाले बाटो काट्द्‌यो। क्यार्नि, क्यार्नि। घर फर्किम्, साईत पारेर बाटो लागि सक्या, अन्खेरुन् ३ गोटा ढुंगोले बिरालोले काटेको बाटो फिरि कटाएम् र थू थू थू अरेर अघि बढेम्। चौतारीको डिल नेर त राहुलदाई एक्ले चिलिम् तानेर बसि रा’रचन्। “हन, ए बुढा! ब्यानै ब्यानै चिलिम् तानेर क्यारी मार्न लायौ कलिलै बृद्ध ज्यान?” “क्यार्नु त नि, पुन्टे? घोर कलिजुग लाओ। असित्ती मोराहुरले जथाभावी गाएर लाजै मर्नु बनाओ” रे! “हन् म त हिजो औतारिआँ थिईन, कल्ले के गाओ र?” “सोध तिम्रै केटाहुरलाई! मत्ताउने तिमी नै हौ के रे!” भन्दै बलेको चिलिमले झोसुम्ला झैं अरि हुत्तिए मै तिर! “ए, रात्तै! चिलिमको सुराँ बुढाले मलाई नि पोल्ने भो” भनेर म त सुईंकुच्चा ठोकें त्याँट। जिम्मालेको घराँट पास भई रा’थिम् के रे, जिम्मालेलाई नै सोध्न परो के भा’ हो भुनेर लाम्किएं उसैको घर तिर। दलिनाँ मुन्टो अढा’र जिम्माल्नी बजै त आँखा रस्साउँदै पिल पिल पिल पिल अरि रा’ रैछे। “जिम्माले भित्र हो, बजै?” भन्या मत्रै के थिएं, जिम्माल्नीलाई बौसी चढो। ह्वाँ ह्वाँति डाँको छोडेर रुन थाली। “हन ए जिम्माल्नी बजै, के भो? जिम्मालेले रउसिको सुराँ पिट्यो कि के हो तिम्लाई?” “ह्वाँऽऽऽ ह्वाँऽऽऽऽ…यो बुढेसकालाँ के आई लाग्या हो, मरिजाम्! काल नि आउन नसक्या यै बेलाँ! हे, दैव! मलाई मार्देऊ बरु! हे यमराज देव, आऽऽऽऽऽऽऽऽऊन!!!!!!!!! मलाई लैजाऊ बरु!!!!!!!! को त्यो डन्किनीले मेरा स्वामी जिम्मालेलाई मोहनी लाओ रे, तिम्रै जिघ्री न परे, पुन्टे, तिमेरुले नै बिगारेका हौ मेरो बुढालाई! तलाईं नि लैजान्छु यमलोक!!!” भन्दै मेरो गर्धन चेप्न आम्छि, गाँठें! न्वारन देखि को बल निकालेर बजैको हात पन्छाएर सोधें फिरि के भईछ भुनेर। “आफूले त सुन्या कुरो, पुन्टे। को को भरखरकि तरुणीलाई मुई खान्छु भन्दै गीत गाम्दै बस्छ रे चौतारिआँ। हिजो साँझ चनेले आ’र भनेको। त्यो नकचरी डङ्किनी र जिम्माले दुवैको सत्यानाश होस, हे परमेस्वर! अहिले आ’र बुढेसकालाँ हाम्लाई यस्तो जाईलाउने!” “हैन ए, जिम्माल्नी। कि तिमीले कुरा नबुझ्या’ हौलाऊ, कि चनेले। मोही खान मागेको होला के रे नि। बिनासित्तैआँ पाप सोंचेर न तिम्लाई फाईदा, न गामलाई” भुनेर सम्झाउन खोजैं के रे। “ए, पातकी पुन्टे! तिम्लाई नि हाम्ले नचिनेको हो र? अझ उसैलाई बचाउन खोज्नि? मोही र मुई हाम्ले छुट्टाम्न सक्दिनम् र? को हो त्यो ठुली भन्नी? तै बौसिनीले मोहनी ला’छ मेरो पोईलाई!” परेन आपत? ठुली? तै ठुल्बुईनी? राम राम राम राम…तोबा तोबा! यै पापी कानले के सुन्नु परेको? मेरी ठुल्बुईनी त तेस्ती छैनन् भुनेर जिम्माल्नीलाई सम्झाउन खओजें फिरि। “तैं नकचरो पातकी बुढाको बईनी परिछे र तेस्ती! छि छि छि छि! मेरो नजिक पनि नपर तिमेरुको खानदान!” भन्दै नजिकै भेट्टाकी चुलेसीले झट्टारो मारी। कस्सो चल्न भ्यायिम्। नत्र ता चिल्लो खप्पर दुई टुक्रा भएर ठहरै हुनि। के हो के हो, रउसिको रउसि, पानीको पानी पारुम् भुनेर दुर्गेसोरी माता तिर लागिम्। दुर्गे माता जान्ने हुन्, अछेता गनेर, नाङ्लोमा हेरेर सबै भन्दिन्छे रे, अनि भूत प्रेत लाग्या भे नि झारफूक अर्छे रे। दुर्गेसोरी माता काँ पुग्दा, ए रात्तै! मेरी धोबीनी कै च्यात्त्याऽऽऽऽऽऽऽ पेटिकोटको कस्सम्! लाऽऽऽऽऽऽऽऽमो कपाल फिजा’र, यत्रा यत्रा हेर्दै सातो लिने आँखा बना’र, निचाराँ दायाँ बायाँ अबिर दलेर, काप्दै रैछे। अगाडि मास्टर्नी नानी र तिरु हातमा फूल ले’र थपक्क बसि रा’का। “के भई रा’ हो?” भुनेर सोधेको, मास्टर्नी नानी त मुलाई नै खाऊँला झैं गरि घुरि, केई बोलिन। अन्खेरुन् तिरुले सुस्तरी कानैमा आ’र भनि, “(हिजो देखुन् हाँरो जिम्माल बा पागल भएर हाँरी ठुलीलाई के के भनेर गाएचन्। गाम भरि ठुलीलाई जिम्मालेले भगाउने हल्ला छ। अन्खेरुन् मास्टर्नी दिदी र म यता के भूतले छोएको हो जिम्मालेलाई भुनेर फुकाउन आ’को।“ तेति के भन्दै थिई, दुर्गे माता ता छाप्रो ने छिग छिग हल्लिने अरि काँप्न थाली। चण्डीको रुप ले’र मेरो त सातो नै लगि। मुलाई ने चोथोर्ने पो हु् कि फीरि भुनेर भाग्ने बिचार त आ’थ्यो के रे, के भन्ने हुन् सुनि हालम् भुनेर, भाग्नै परो भुने सजिलो होस् भुनेर ढोकै नेर ज्यान बाहिर, मुन्टो भित्र पारेर उभियम्। “बुऽऽऽऽऽऽऽऽ…तो जिम्मालेलाई हरि र कुम्लेको संगतले बिगारेको छ। हिजो फिरि, उक्साउनमा चनेले नि जाल खेलेको देखिन्छ...बुहुहुहुहुहुहु…आजै मेरो नामाँ पन्च बलि दिएनौ भने, भोलि त जिम्माले र ठुली रेलगाडीमा दिल्ली तिर हुईंकि सकेका हुनेछन्…बुहुहुहुहुहु…जिम्मालेलाई भुत लागेको होईन, ऊ आफै भूत हो…तेल्लाई ठीक पार्न वाक्ने अरि १२ ठेकी मोही खुवाउन पर्च, अनि राहुलदाईको हाते ५० कोरा हान्न पर्च…बुहुहुहुहुहु…’’ के सुन्नु परे हो, गाँठे! राहुले र जिम्माल्नीले त मुलाई नि पारि सको फन्दामा, कता यि दुर्गे माता ले नि फिरि मुलाई झ्याप्प पार्नि हो भुनेर म त सुटुक्क भागें फिरि त्याँट। ठुलीलाई हेर्न जान परो, किन यस्तरी वैंश उर्लेछ यति चाँडै, कोई नपा’र छिप्पेका बुढासं मख्ख पर्नि, भन्दै कुद्दै ठुलीको घरतिर लागिम्। बाटाँ उ पऽऽऽऽऽऽऽऽऽऽर भिरको छेऊ निरै एउटो मुन्छे पाखातिर टोल्ला’र उभि रा’ देखिम् फिरि। सारा गाममा दशा लाई रा’बेलाँ को हो फिरि भिराऽट हाम फालुम्ला झैं अरि उभेका भुनेर हेर्न गईं। ओंठ काँपि र’का, आँखाऽट धरधरि आँसु बगाई रका’, मिरत्यु देखि केहि डर नभ’का जस्ता देखिने, हाँरो चित्रै, कठै!
Read Full Discussion Thread for this article