Posted by: Gautam B. May 4, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
धन्यवाद मेरो कविता पढिदिनुहुने सबैलाई! सबैलाई मन परेका हरफहरु मलाई पनि मन परेका हुन्। तीनै हरफहरुको विस्तारनै हो कविता! earthsuckudownजी, शिवप्रकाशजी, सयपत्रीजीलाई कविताको देशमा म फेरि एकपटक स्वागत गर्न चाहन्छु। कविताको देशका हामी यात्रीहरु अचेल अलि सुस्ताएका रहेछौं, आशा गर्छु तपाईँहरुको आगमनसंगै कविताको देशले नयाँ गति लिनेछ। नेपे गुरुले पुरानो धागो देखाएर ठूलो गुन लगाउनु भो! नयाँ स्वाद चाखियो, साह्रै मिठो लाग्यो! अनि शिरिष गुरु, तपाईँको कुरोमा सहि थाप्न मन लाग्यो। साँच्चैनै आत्मविश्वाश झल्किरहेको देख्न सकिन्छ भारतीजीको त्यो तस्बीरमा। त्यो किताब किन्न मन लागेको छ। कस्लाई सम्पर्क गर्ने होला?
Read Full Discussion Thread for this article