Posted by: slow poison May 3, 2007
मायाको कम्प्युटर चालू
Login in to Rate this Post:     0       ?        
भर्खर भर्खर त मायाको कम्प्युटर भएको छ चालू, मेरो मनको हार्ड डिस्कमा कति फाईल हालू? त्यो अनुहारबाट उदासीको पर्दा त हटाऊ, मेरो प्रिय, तिम्रो मनको पास्वोर्ड त बताऊ । यो स्म्रितिले तिमीलाई आफ्नो मनमै राख्या छ, नत्र त तिमि जस्तो सफ्टवेर सस्तोमै बिक्या छ। हरेक रात तिमी मेरो सपनामा आउँछौ, मेरो मायालाई माउस बनाई औंलामा नचाउँछौ। तिम्रो मायाको इमेलले मेरो मनलाई लोभ्याउँछ, तर बिचमा तिम्रो भू पू जि एफ को भाईरस नि आउँछ। हेरिराख, यो इन्सल्टको बदला म कसरि लिन्छु? प्रिय तिम्रो एक्सलाई म सिफ्टडिलिट गर्दिन्छु । तिम्रो लागि त प्रिय ,मनलाई कट पनि गरिन्छ। नत्र बाँकि केसमा त कपी पेस्ट गरिन्छ। तिम्रो हांस्नु,तिम्रो बोल्नु, तिम्रो त्यो इस्टायल तिम्रो एक एक कुराको मैले सेभ गरेको छु फाइल। www.smritikandel.blogspot.com
Read Full Discussion Thread for this article