Posted by: Birkhe_Maila May 3, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
Earthsucksudown जीको कविता सबै युनिकोडमा लेखेर पढ्न साह्रै मन लागेर अलिकता मिलाएर लेख्ने दुस्साहस गर्दैछु, रिसानि माफ पाउँ है? बारुद्को गन्ध , बज्रपात् रोकिएन! मेरो घर् छेवैको बाँस आज सुसाएन! मुमा झुपडिमा छिन्, खोइ छोरो आएन! निस्पट्ट कालरात्रीको पर्दा च्यातेर सुर्य उदयएन!! बर्तमान थाकीसकेको थियो; चट्टान निसास्सिने उसका पाइला, काँपी सकेका थिए! आज, पुर्बी क्षितिजमा आलो रगत पोखियो! आफ्नै अस्तित्वको लडाईंमा, वर्तमान शाहीद् भयो! मृत्युशैया वर्तमान, ईतिहास घुर्दै थियो! ईतिहास, मृत बर्तमानमा, आँफैलाई निहार्दै थियो!! अनी टुटेफुटेका अवसेसहरुमा, ऊ, बुद्ध उपदेश् खोज्दै थियो! भत्किएका गुम्बाहरुमा, बुद्ध आँखा बन्द गर्दै थिए! रक्तशान्ति को कल्पना गर्ने सामर्थ्य, म मा रहेन, मेरो कलम् भाचियो, मसी सुक्यो, कविता पुरा भएन!!!
Read Full Discussion Thread for this article