Posted by: sumedhu May 3, 2007
Login in to Rate this Post:
0
?
एक पटक संसार खान्छु भन्ने कम्युनिष्टलाई तिनकै सगोत्रीले खाएर अहिले मसान घाटको जिनिस बनाका हुन। तिनीहरू आत्मभक्षी छन, माकुराले झैँ आँफैलाई खाएर सक्छन , कसैले सिध्याउन पर्दैन ।
हिजो राजा महेन्द्र, बिरेन्द्रहरूले नै र अहिलेका जञानेन्द्रसमेतले कांग्रेस सखाप पार्न रोपेका विषवृक्ष बनमारा झारहरू मौलाएर कम्युनिष्ट बनेका हुन त्यसैले यिनको मिलन न सम्भव छ न औचित्यपूर्ण छ । एउटालाई अर्को गद्दार र विसर्जनवादी भासमा फँसेको आदि के के लाग्छ यिनिहरूलाई त्यसैले दुईजना होउञ्जेल पा्र्टी खोलेर महासचिव र अध्यक्ष बनेर बस्छन , मिल्दैनन यी मार्क्सको जस्केला छौवडाहरू ।
देशमा गरीबी रहूञ्जेल र गरीखाने र लुटिखाने थोरै रहूञ्जेल असन्तुष्टी र इर्ष्या बाँचिरहन्छ , त्यसैले कम्युनिष्ट आक्रोस पनि रहिरहन्छ । कमयुनिष्टहरूले देशमा केही राम्रो हुन दियो भने जनता सचेत र अधिकार प्रति सचेत हुन्छन भन्ने बुझेका हुनाले कसैलाई , गरीबीबाट माथि उठ्न र स्वतन्त्र संसारको हावा भित्र पस्न नदिएर मुलुकलाई क्यूबा र उत्तर कोरिया बनाउँछन भन्ने जानेका नेपालीहरूलाई यो बनमारा झाररूपी कम्युनिष्टहरूको देशमा फष्टाएको बाली देख्दा उदेक लाग्नु स्वाभाविकै हो । तर के गर्ने बाँकि संसार सभ्यताको संसारमा उकालो चठेर शीखर चुम्न लाग्दा १८४८ सालमा कार्ल मार्क्स बन्ने एउटा लहडीले लेखेको कथाको राजनीति खोज्न संसारबाटै अफाप भयो भनी फालेको कुहेको सिनो बोकेर हामी नेपालीहरू हाम्रो कल्याण खोजिरहेका छौँ । उफ का्तो अफशोस ......................!!!!