Posted by: pire May 2, 2007
Login in to Rate this Post:
0
?
राहुलभाई, मैले नि भर्खरै सरर पढें, तपाइले भन्या हो जस्तो छ। मन फेरियाहो कि के हो, त्यो त उने भगवान जानुन। तर अलिअलि आत्मा भा'को मान्छेले पनि के भन्न सक्छ भने यो माओवादिलाई 'हाँडिमा कनिका भैञ्जेल राँडिलाई निद्रा लाग्दैन' भन्या जस्तो देशाँ सालिक भैन्जेल त्यो नफुटाइछोड्दैनन। आज राजाको सालिक ढाले, भोलि बिपि, गणेशमान को ढाल्छन,मनमोहन को ढाल्छन, पर्सि बुर्जुवा गायक भनेर नारान गोपालको ढाल्छन, मुला सबै इश्क प्रेम आदि सब्जेक्टमा मात्र गायो भनेर। अनि लेखनाथ, समको पालो। अनि त्यसपछि देबिदेउताको मुर्तिको पालो। मुर्ति सकिएपछि लाइब्रेरिको पालो।
उ जमानामा सबै राम्रा किताप अलेक्जान्ड्रियाको लाइब्रेरिमा राखिन्थ्यो , आर्किमिडिज, टोलमि आदिको ओरिजिनल किताप।अनि एकपटक अरबियन मुसल्टाले आक्रमण गरेछ। 'लौ सर्कार, ह्याँ त कितापै कितापको चाङ भेटियो, के गर्ने भनेर त्यसको जर्नेलले सोधेछ। मुसल्टाको सुल्तानले 'ए, ति कितापहरु कुरान सँग मेल खादैनन भने जलाइदेउ, किनकि त्यस्ता कितापको के काम। ति किताप कुरान सँग मेल खान्छन भने पनि जलाइ देउ, किनकि हामी सँग कुरान छदैछ। त्यसो भनेर सबै जलाइदिएछन, र आज हामीले इउक्लिड, अर्किमिडिज आदिको हस्तलिखित किताप हेर्न पाएका छैनम। त्यस्तै हो यो बहुला माओबादिहरु पनि। 'कितापहरु मार्क्सका लेखनी सँग मिल्दैनन भने जलाइदेउ, तिनको के काम। मिल्छन भने नि जलाइदेउ, किनकि हामीसँग पन्चायत कालमा पुतलिसडकाँ किनेको प्रगति प्रकाशनको 'मार्क्सका संकलित रचना' र 'लेनिनका संकलित रचना' छदैछ भन्नेछन ।
मलाई, यो उमेशलाई ज्यानको धम्कि आ'भन्ने कुरा नि अलि बढि गफ हो जस्तो लाग्छ। कुन साला रोयलिस्टले 'मर्लास' भनेर लेख्यो, अनि 'लौ, मलाइ त ज्यानको धम्कि आयो, पुलिस को सुरक्षा गार्ड दिन पर्यो' भनेर कराको त हैन। नेपालाँ ज्यानको धम्की आयो भने डराउन पर्ने एकमात्र धम्की माओबादिको हो ति जन्तुहरु उसकै पछि ताली पड्काउदै हिडेकै छन।