Posted by: pire May 2, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
के हो मित्र सायमीजी, कुन माओबादि क्याम्प बाट लेख्दै हो? इन्टर्नेट जोडेकि क्या हो नेताहरुले त्यहाँ, कमाण्डरहरुले त खुबै चाहिने नचाहिने मोज गर्छन भन्ने त सुनिराख्याछौ है अनि हामीलाई मण्डले रे? यहि भएर मलाई माओबादीहरु भनेको गिदि घरमा छोडेर लड्न गएका बादर हरु जस्तो लाग्छ। मलाई अरु राजाहरु भन्दा पनि प्रिथ्विको सालिक ढालेको मन परेको छैन। पोखरा गैराख्थें म। कहिल्यै कुनै पोखरेलिले प्रिथ्विलाइ गालि गरेको सुनेको छैन, तर माओबादिले हतियार चोडेको भोलिपल्ट चिमोटेर मार्छन होला, त्यति रिस छ पोखरेलिलाइ माओबादी भनेपछि। माओबादिहरुको बहादुरि पनि हामीले नदेखेको हैन। हतियार नउठाएका मास्टर, स्वास्थ्य कार्यकर्ता, बेपारीलाई त हो यिनले तर्साउने। अस्ति गौरमा बिहारी गुण्डाहरु सँग के भिड्न सके? के नेपालमै आर्मी, पुलिस सँग आम्ने साम्ने भिड्न सके? के एक इन्च जमीन कब्जा गरेर बस्न सके? अहिले पनि सात दलले दया गरेर शान्ति हुन्छ भने यि राक्षसलाई अलि अलि खान दिम भनेर दिएकोले बम्कन पाएका छन। (महाभारतमा कुन गाउंमा पहिला गाउलेहरुले बकासुर कि कुन राक्षसलाई भो हामीलाई केहि नगर, बरु दिनदिनै एउटा राँगा तेरो गुफामै ल्याएर दिन्छम भन्याजस्तो सरकारले पनि भो बाबा तिमिहरु बाहिर गएर गरिब गाउलेलाई नमार, नकाट, तिनको खानेकुरो जबर्जस्ति खोसेर नखाउ, बरु तिमिहरुलाई क्याम्पमा बसे बापत खान बस्न दिन्छम भनेर राख्या त छ!) तेसरि फोकटिया खाएर बस्न त स्वाभिमानी नेपालीलाइ त लाज लाग्नु पर्ने हो। तर धन्य नेपाली जनता, माओवादीले तलब पाइन्छ, बस्न खान पाइन्छ भन्दा पनि तिस हजार भन्द बढि जम्मा भएनन तिनको क्याम्प मा बस्न। नेपाली युवाहरु घांस खान तयार छन, मलेशिया, अरब गएर पसिना चुहाउन तयार छन, तर माओवादी भएर मुफताँ खान तयार छै नन माओबादिले राम्रो शान्तिका काम गरे भन्ने कहिले सुन्न पाछैन। कहिले देश जातिको नाममा टुक्राउने कुरो गरिदियाछ, कहिले फेरि लड्ने धम्की दिया छ। गिरिजा बुढाले हो क्या रे कहिले आजित भएर हेलिकप्टराँ राखेर जहाँ बाट आउनु भा हो त्यहि लगिदिन्छु भनेर थर्काको। अब अहिले पनि खबर हेर्नुस, कहिले मधेसाँ फोरमका कार्यकर्ता मारेर देशलाई त्यस्तो भड्खालो मा जाक्ने काम गरिदियाछ, कहिले पद्मकन्यामा फाइट गर्याछ, कहिले एमाले, कहिले काँग्रेस लाई सभा गर्न दियाछैन। नेपाली जनताले यस्ता राक्षसलाई कहिले मन पराउदैनन। भोट भयो भने चार प्रतिशत भोट आउदैन यि गुण्डाहरुको। के ज्ञाने भन्दा गतिला छन र यिनिहरु? यिनले नसताको कसलाई छ, ल भन्नुस? बिद्यार्थीले पढ्न पाछैन, बेपारीले बेपार गर्न पाछैन, पत्रकारले खबर लेख्न पाछैन आदि आदि। सात दलको आङको जुम्रा देख्छम हामी, मण्डले र माओबादि को आङको अजङको डाइनोसर देख्दैनम। आर्को कुरो शान्ति, बिकासको आयो। माओबादीलाई बिकास शान्ति भनेको कुन चराको नाम हो था'भए मरिजाम। यिनको साहित्य पढ्नुस वा यिनका समालोचकहरुको बिचार हेर्नुस त। कुनै पनि साहित्यमा रगत, युद्ध, क्रान्ति, मारकाट आदि शब्द प्रयोग भा'छैन भने त्यसलाई 'बुर्जुवा साहित्य' भनेर गाली गरिदिया हुन्छ। मैले कताहो किस्न धरावासीलाई त्यसरी गाली गरेको पढेको थिए, उनको राधा उपन्यासले मदन पुरस्कार पाएपछि। म कसम खाएर भन्न सक्छु कि माओबादि सरकारमा आए भने यिनले भानुभक्त को सालीक आफै तोड्छन,के त्यो फोरम, मुक्ति मोर्चाको कार्यकर्ता पहिला को माओबादि नै हैनन र?जस्तो माउ उस्तै चेला त हो।जे सिकायो त्यहि जान्ने त हो। माओबादिले निहत्थालाई मार्न सिकायो, यिनीहरुले त्यहि त गर्‍या छन अहिले। आर्को कुरो, प्रजातान्त्रिक पार्टी र यो तानाशाहि पार्टीको फरक हेर्नुस त। सद्भाबना (गज्जु बाबुको) पनि कांग्रेस बाट छुट्टिएको हो। तर बुढोले जे भएपनि कहिले पहाडियालाई मारम, पिटम भनेन, काँग्रेस संग कहिले बाझाबाझ भएन, पार्टी फुटाको भएनि माउ पार्टीकाले पनि सहे, इज्जतै दिए, गज्जुबाबुले पनि पार्टीको नाम त झन सद्भावना राखे। (भलै हिन्दि आदिको माग सँग म सहमत छैन।) तर यो माओबादिको पार्टी छुट्टिएपछि हेर्नुसत आफुआफुमा कस्तो मारामार। आम्मै। क्या राक्षसहरु। अब कुरो आयो उमेशको, यो मुन्छे पहिले त ठिकै हो। अहिले पनि प्रजातन्त्रबादि नै हो। तर के छ भने, फ्रस्ट्रेटेड, बेरोजगार युवाहरुले माओबादिलाई बेलाबेलाँ समर्थन गर्नु कुन अनौठो कुरो भयो र? माओबादिको शासन आयो भने के यसको जस्तो ब्लग चलाउन दिन्छन? दिनदिन 'प्रचण्ड प्रतापि भुपति' भनेर कमेण्ट शुरु नगरे उसको पनि छ इन्च घटाइदिन्छन। अनि 'पहिले बुढि जानिनँ, अहिले बुढि मानिनँ' भन्या जस्तो हुन्छ।
Read Full Discussion Thread for this article