Posted by: Koirala_baje May 2, 2007
Ph.D in Japan
Login in to Rate this Post:     0       ?        
dherai kura thaha paiyo. NRN malai pahilai dekhi tato na chharo ko sastha lagthyo. Double citizenship nai yini haru ko main dhyan ho. Fraud sala haru मन्डलेको पर्दाफास र एनआरएन जापान लोकतान्त्रीक आन्दोलनलाई जापानी भूमिबाट सहयोग गर्नु हामी केहीका लागी धेरै महँगो साबित हुन गएको छ। राजा ज्ञानेन्द्रको 'स्वच्छ छवि' अभियानले प्रभावित यि मन्डलेहरुले यस ब्लगमा लेखेकै आधारमा तत्कालीन मन्डले राजदुत डा.रमेशानन्द बैद्यको आडमा व्यापक चरित्र हत्या गर्दै जापानबाट लखेटने जस्ता धम्कीहरु पनि नदिएका होईनन। सम्मानित पेशामा रहेकाहरुलाई यसो गर्नुमा यी मन्डलेहरुले आफुले चलाईरहेका हाली-मूहाली र दबदबा कायमै राख्न खोज्नु हो भन्ने स्पष्ट छ। जापानी भाषा बिद्यार्थीका नाममा मोटो रकम उठाउँदै मानवतस्करीमा सँलग्न यी माफिया तथा मन्डलेलाई पैसावाल र पहुँचवाल भएकै आधारमा धेरैले समर्थन नगरेका पनि होईनन। आफुलाई काँग्रेसी भनाउदा र केही काँग्रेसि नेताहरुका नातेदारका हुक्के-बैठकेहरुले खुला रुपमा यिनका तलुवा पनि चाटन पुगेका थिए। राजा जोगाउन खोज्ने गिरिजा प्रवृतिकै अनुसरण गर्दै राजावादीहरुसँग गठजोड गर्ने यी तथाकथित लोकतन्त्रवादीहरुले बिद्यार्थीहरुका समाजसेवी सँगठनमा केही आवाज उठाएकै कारण कसैमाथि लान्छना नलगाउनु पर्ने र अनर्गल प्रचार नगर्नु पर्ने थियो। मन्डले नै त हुन, यिनीहरुले लोग्ने स्वास्नी बिचका पारिवारीक कुरा देखि लिएर बाबु-आमाका चरित्र माथि सम्म पनि यी मन्डलेहरुले प्रहार गरेका थिए। मन्डलेहरुको एउटै मन्त्र हुन्छ र कार्यनिती पनि एउटै हुन्छ भन्ने कुरा जापानका बिद्यार्थीहरुका सँगठन भित्र हामीले स्पष्ट रुपमा देखेका थियौँ। मन्डलेतन्त्रलाई बलियो वनाउन राजा ज्ञानेन्द्र उता नेपालमा अपराधीहरुका जमातलाई 'स्वच्छ छवि'को पगरी गुथाउँदै थिए भने यता जापानमा रहेका मन्डलेहरु भने निष्कलँकित लोकतान्त्रीकहरुका पोशाकमा कालोपोतो लगाउँदै हिँडेका थिए। 'स्वच्छ छवि'का खोजीमा रहेकाहरु होस या चरित्रका सँबन्धमा लामा लामा वखान छाटदै हिँडनेहरु होस, दुबै आफै दागदार छन । आफै कलँकित रहेकाहरु वाहेक अन्यले अन्यका चरित्र र व्यवहारका सँबन्धमा कुरा गर्दैनन, गफ छाँटदैनन र दुष्प्रचार फैलाउँदैनन। यही हो, डा. कुमार वस्नेतको पी.एच.डी. प्रकरणले स्पष्ट पारेको कुरा। यस परिवर्तनको जीवनका कटु यथार्थ हो-नेपालमा सत्य बोल्नु हुँदैन। नरहरी आचार्य जस्ता बौध्दीक नेतृत्वलाई जवर्जस्ती चुनावमा हराउन षडयन्त्र गर्ने भू-माफिया जग्गादलालहरु होस वा विकासका नाममा नातावाद लाददै भ्रष्टाचारमा निर्लिप्त रहने शैक्षिक माफियाहरु, यीनिहरुलाई परिवर्तनका तीतो र स्वाभिमानी कुरा कहिले पचेन। फलस्वरुप, आफ्ना आसेपासे, अनुगृहित समूह, साम्प्रदायीक तत्वहरु, दलालहरु र भ्रष्टहरुका सँजालको प्रयोग गर्दै परिवर्तन माथि जहिले पनि प्रहार हुँदै आएको छ। परिवर्तनको स्पष्टता, स्वाभिमान र कसैसँग नझुक्ने र नदब्ने आत्मसम्मानपूर्ण व्यवहारलाई माफियातन्त्रले जहिले पनि पहिलो निशानामा राखेको छ। तर, सत्य जतिगरे पनि नलुक्ने रहेछ र अन्तत त्यो प्रकट भई छोडने नै गरेको छ। एनआरएन जापानबाट प्रतिनिधित्व गर्ने तथाकथित डा. कुमार वस्नेतका सँबन्धमा धेरै कुरा हामीले स्पष्ट रुपमा राखेका छौँ। जापान भरिका बिद्यार्थीहरुका छाता-सँगठनमा यिनले के-कस्ता विध्वँस मच्चाएका थिए र यिनलाई तह लगाउन हामीले कतिको दु:ख गर्नु पर्यो भन्ने हाम्रा पाठकहरुलाई थाहा नभएको पनि होईन। हाम्रो गल्ती एउटै मात्र थियो, त्यो के हो भने कुनै समाजसेवी सँगठनलाई कसैले आफ्नो खल्तीमा राख्न पाउँदैन भन्ने। सचेत बिद्यार्थी जमातले त हाम्रा कुरा मजाले समयमै बुझे। तर बुझ्न ढिलाई गर्यो एनआर एन भित्रका विकासवादी भनाउँदा डा. उपेन्द्र महतोले । हो, यसैको परिणाम हो धोखाघडी र फ्राड गर्दै हिँडने कुमार वस्नेत जस्ताले अहिले आफुलाई जोगाउने मौका पाएको। एनआरएन जापान होस वा एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति, यो विदेशिएका नेपालीहरुले आफ्ना श्रम र दु:खले कमाएको रकमलाई नेपालको विकासमा योजनाबद्ध र सँस्थागत हिसावले लगाउन सकोस भन्ने उद्देश्यले जन्मेको सँस्था हो। हामी सीधासादा मान्छेले सर्सर्ती हेर्दा यस सँस्थामा पसेर न कसैले केही आर्थिक लाभ पाउने छन वा न कसैले कुनै पद। बरु, आफ्नो समय र पैसा दुबै खर्च गर्नु पर्ने वाध्यता छ यहाँ। तर पनि यस्तो सँस्थामा पस्न र बस्न हानाथाप हुन्छ र सँस्थाको नेतृत्वमा पुग्न जथाभावी शैक्षिक उपाधीहरु झुन्ड्याउँदै आफूलाई विद्वान देखाउने कोशिस गर्छन भने, डा. उपेन्द्र महतोले सोच्नु पर्छ एनआरएन कुन दिशामा जाँदैछ भन्ने। एनआरएनले राजनिति गर्नु हुँदैन र त्यो कुरा सत्य हो। तर एनआरएनले राजनितिको विरोधका नाममा लोकतान्तृक पद्धतीलाई पनि त्याग्न मिल्दैन। सबैलाई थाहा भएकै कुरा हो डा. उपेन्द्र महतो रसियामा जन्मेका व्यक्ति होईनन। नेपालमा जन्मेर रसियामा अध्ययनका लागी पुगेका उनी पनि पहिले त्यहाँ बिद्यार्थी नै थिए। बिद्यार्थीहरुले कतिको प्रगति गर्न सक्दा रहेछन भन्ने हेर्न हामीले उनलाई मात्र हेरे पुग्छ। तर, यिनै उपेन्द्र महतो जब जापानमा एनआरएनको कार्यसमिति गठनका लागी आईपुगे, उनले मजाले सुने मन्डले उदगार," बिद्यार्थीहरुलाई कार्यसमितिमा राख्नु हुँदैन" भन्ने। अब, उपेन्द्र महतोले बुझ्नु पर्छ, डा. कुमार वस्नेतलाई जोगाउन खोज्ने अन्य जापानका मन्डलेहरु को-को हुन भन्ने। समूद्रपारी डटकममा "बिध्यावारिधी बारे कुमार बस्नेतद्वारा क्षमायाचना"मा प्रकाशित समाचार भनौँ वा एनआरएन जापानको वक्तव्य भ्रमपूर्ण छ। डा. कुमार वस्नेतका सँबन्धमा एनआरएनको कुन मितिको र कुन बैठकमा कुरा उठेको हो,त्यसलाई टाईमलाईन तोकी डा. कुमार वस्नेतले धोखाघडी गरेका हुन वा होईनन,त्यसको किटानी हुनु पर्दथ्यो। तर, आफ्ना मान्छे परेका कारण मनग्गे समय दिने काममा एनआरएन जापानका केही मन्डलेहरु लागेका छन र उनले 'केही समय अगावै मात्र 'डा.' लेख्ने गल्ती गरे' भन्ने भ्रम उत्पन्न गरेको छ। यसले के देखाउँछ भने पैसा र सँबन्ध भएकै आधारमा एनआरएन जापान भित्रका केही मन्डलेहरु आफ्ना मन्डले सहकर्मी कुमार वस्नेतलाई जोगाउने पक्षमा छन। डा. उपेन्द्र महतोले डा. कुमार वस्नेत माथि कार्यवाही गर्नु त छँदैछ यसको साथसाथै जापानको एनआरएन सँगठन भित्र हालीमूहाली चलाउँदै वसेकाहरुका गतिविधीलाई पनि नियन्त्रण गर्नु पर्दछ। जापानमा रहेका ठूलो तप्का अहिले पनि एनआरएनमा छैनन। एनआरएनमा रहेका यी मन्डले तत्वहरुका कारण धेरै लोकतन्त्रवादीहरुलाई एनआरएनमा प्रवेश गर्नु असहज मात्र होईन अप्ठेरो पनि छ। नेपालमा भएको लोकतान्तृक परिवर्तन अनुरुप एनआरएनको चरित्र पनि परिवर्तन नहुने हो र सिमित मन्डलेहरु मात्र समाजसेवाको रुप धारण गर्दै बस्ने हो भने एनआरएन 'पैसावालहरुको सँगठनमा' मात्र सिमित रहने छ। एउटा समाजसेवी सँगठनका लागी गुडविल र सामाजीक मान्यता कति जरुरत छ, त्यो हामीले डा. उपेन्द्र महतोलाई भनिरहनु नपर्ला। तसर्थ, एनआरएन जापानको वर्तमान गतिविधिमा अन्तर्राष्ट्रिय समन्वय समितिले हस्तक्षेप गर्नु र लोकतान्त्रीक पृष्ठभूमिका लोकप्रिय नेतृत्वलाई मौका दिनु अत्यन्त समय-सापेक्ष छ। source: http://www.lokatantra.blogspot.com/
Read Full Discussion Thread for this article