Posted by: Gautam B. May 2, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
आज बुद्ध जयन्ती। सर्वप्रथम त भगवान बुद्धप्रति श्रद्धासुमन अर्पण गर्दछु। भगवान वुद्धले तृष्णालाई सांसारिक दु:खको मूल कारण भन्नुभएको छ। आफूसंग भने तृष्णै-तृष्णा बाहेक केहि पनि छैन! यो कविता लेख्न थालेको पनि धेरै भईसकेको थियो, यसको पूर्णता पनि एउटा तृष्णानै बनेको थियो मेरो। जसोतसो पूरा गरेर पस्किदैछु मित्रहरुका नजरमा। “तृष्णा” मन्दिरका घण्टहरुसंगै ब्युँझिएर ताजा घाम सिउरेर तालुमा परेवाहरुको माझबाट उदाउन पाउँदैन मेरो दिनले, हरेक दिनको यात्रामा बिचैमा ओर्लिन्छ मेरो मन उद्यानको घना रुखमुनि घना रुखको गाढा छायामा दुनियासंग बेखवर भएर आफैसंग बेखवर भएर एक दिन लामो एउटा मिठो सपना देख्न र मनहीन रोबोट म अचेत-अचेत बिताईदिन्छु सहस्र युग लामो मेरो दिन, दिनले भत्काएर खुम्च्याएको रातको सीमामा घस्रिदै सम्झिन्छु हल्का सिन्दूर पोतिएको बादल झोलाभरि बोकेर गोधूलीमै आँगन नटेकेको धेरै भएछ, अनि धेरै भईसकेछ- लम्पसार परेर चउरमा आकाशका तारा नगनेको र एउटा तारासंग आँखा जुधाएर ‘त्यो मेरो तारा!’ नभनेको।
Read Full Discussion Thread for this article