Posted by: danda pani May 2, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
I like this comment..form RAHUL BRO....Good Analysis...I agree with you He wrote: "सर्बप्रथमत, माओबादिको पार्टिको संरचना र इतिहास हेरम्। माओबादि पार्टि मुलत: संसद् मै कुनै जमानामा तेश्रो शक्ति भएका पार्टि थिए। थोरै कार्यकर्ता भएको उक्त बाम पार्टि को हैसियत आज देश को सबै भन्दा ठुला पार्टि कसरि भए? सत्य यहि हो त? वा अझै हामी भ्रम मा छौं? माओबादि पार्टि मा मेरो बिचार् मा १० % पनि शैद्धान्तिक वा राजनैतिक बिचारबाट् प्रेरित भएर माओबादि भएकाहरु को जमात छन्। अर्को २० प्रतिशत जति सेना र सुरक्षाकर्मी बाट् मारिएका वा सताइएका हरुका परिवार र आफन्ब्तहरु छन्। त्यस्तै अर्को २० % जति अरु पार्टिबाट् निस्काशित अर्ध राजनीति गर्ने हरु को जमात छन। बाकी त लहै लहै मा लागेका बेरोजगार युबाहरुको जमात छन्। बन्दुकको लिएर गाम् घर् चहार्दा, झुकेका शिरहरुलाई सम्मानको सलाम देख्ने र सम्झिने गल्ती गरि राखेकाछन, माओबादि नेता र कार्यकर्ताहरुले। त्यो बन्दुक र अज्ञात गोलि को त्रास भन्ने बिर्सेका छन्। त्यहि दम्भ त्यहि भ्रममा बाचेकाछन्, युबा क्रान्तिकारिहरु। त्यहि दम्भको भूलमा प्रतिक्रियाबादिहरुले तान्दब नाच देखाए, गौरमा। यसमा गिरिजाको दोष् कहाँ बाट् आयो? मन्त्रीपरिषद भनेको गिरिजाको खल्ती क्याबिनेट् हो र जे कुराको पनि दोष मर्न लागेको रोगीमाथि थुपार्न? सरकार्असफल हो भने आठदल् असफल हो। गिरिजा असफल होइन। अनि अर्को कुरा, संबिधान सभाको चुनाव हुदैन भनेर् कसले भन्यो? हुदैन त दरवारियाहरुले भन्ला। त्यसको अर्थ सम्पति फिर्ता नगर्नु अझै आतंकारि सोच को अबशेष होइन र? हतियार् बिना को चुनाव हुनु पर्दछ र जनताले छुट्याउने छन्, १४००० हजार निर्दोष नेपाली को हत्या को दोषि पनि छुट्टिने छन्। अस्तु"
Read Full Discussion Thread for this article