Posted by: Rahuldai May 1, 2007
बुद्ध जयन्ति र हराएको शान्ति
Login in to Rate this Post:     0       ?        
बुद्ध जयन्ति र हराएको शान्ति धेरै बर्ष देखि हराएको केहि अमुल्य चीजको खोजीमा उ जङल पस्यो अहं रक्त चन्दनको क्रन्दन बाहेक भेटेन तलाउ छेउ पुग्यो अहं रगतको आहाल बाहेक देखेन निरास हुंदै उ शहर पस्यो हावा पानी सबैमा जहर मात्र भेट्यो उस्ले। लाखे नाच भैरब नाच त बाकि होला नि उसले केहि उज्यालो सोच्यो केवल भट्टि र डिस्कोहरुमा दिउसै चेलीको नाङ्गो नाच मात्र देख्यो उसले। कमसे कम स्वयम्भू को आँखा त खुलै होला सोचेर डांडा तिर् लाग्यो। त्यहाँ बाट् केवल नयाँ बांदरहरु सिङ्गो देश नै भत्काइ रहेको देखे। निराश हुदैं फेरि गाउं पस्यो टुहुरा र बिधवाहरु खण्डहर मात्र भेटे जलेका ढलेका भग्ना बशेश हरु मात्र देखे कतै जाने ठाउ न देखे पछि उ आफ्नो जन्म घर् फर्के चारै तिर् मश्जिद ले घेरेको परदेशिहरु को जमात मात्र देखे उस्लाई लाग्यो, उ गलत् ठेगानामा आइपुगेछ उ कपिलवस्तु होइन कल्कि वस्ति आइपुगेछ। जहां गए नि , जति खोजे नि उस्ले हराएको शान्ति भेटेन केवल् जता ततै रक्त क्रान्तिका अनेक् भ्रान्तिहरु मात्र भेटे। केवल् भ्रान्तिहरु मात्र भेटे। अस्तु!
Read Full Discussion Thread for this article