Posted by: rhishi April 27, 2007
MERO KAVITA -RHISHI
Login in to Rate this Post:     0       ?        
धन्यवाद दादा गुरु र सिरिष गुरु अनि सवैलाई; आज फेरी एउटा कविता टास्ने जमर्को गर्दैछु : प्रकृति-नियम अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत पदार्थका कणा - कणा अनन्य शक्ति द्योतक पदार्थ - शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥ ॥१॥ अनन्त भौतिकी जगत्‌ समस्त जीव, सृष्‍टिका नक्षत्र, सूर्य, चन्‍द्रमा खगोलका निहारिका नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत पदार्थ - शक्ति कै बडो बिराट रूप सार्थक ॥ ॥२॥ बिभिन्न सूत्रमा उनी प्रकृति सृष्‍टि गर्दछिन्‌ पदार्थ - शक्ति जोहदैं अनेक छद्म रच्दछिन् ! गरेर सृजना नयाँ, अपार सौम्य, कल्‌कल निमोठ्न उद्यत स्वयम् गरेर नाश पल्‌पल ॥ ॥३॥ हिजो जहाँ समुन्द्रका बिशाल छाल उर्लिए सफेद टाकुरा बनी हिमाल आज अग्लिए ! बिशाल डाइनोसरै ! गरेर नाद, गर्जना हिजो यहीं त घुम्दथे ! कठै विलुप्‍त आज ता ॥ ॥४॥ गुफा - गुफा चहार्नु नै हिजो त नित्‍य दैनिकी उही मनुष्य आज भोग्छ लौ अपूर्व जिन्दगी ॥ देखिन्छ आज जो यहाँ हिजो थिएन किञ्चित छ आज जो भविष्‍यमा रहन्न यो छ निश्‍चित !! ॥५॥ चलायमान कालको अमूर्त विन्दु - विन्दुमा बिनाश-सृष्‍टि बिम्बिका ! प्रकृति धर्म -तन्त्रमा - बिनाश मै छ सृष्‍टिको अथाह डिम्ब सेचन ! नियन्त्रणा ! प्रकृतिको अपार नाट्य मञ्चन !! ॥६॥
Read Full Discussion Thread for this article