Posted by: chanaa_tarkaari April 24, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
राहुलभाइ आ-का- ठुल्दाइ को ब्यक्तित्वमा ठुल्दाइले भोगेको जीवनको शिक्षा नझल्केको नै कहिले थियो र । चाहे साझाका धागोहरुमा होस, वा जागिरे जीवनमा, साथिभाइ माझ होस वा टोलछिमेकमा । ठुल्दाइको क्रियाकलापहरु, जीवन दर्शन र जीवनकथा साँच्चै नै उत्प्रेरणा दिने खालको छ । अहिलेको कहानीले त त्यसको एक पाटो मात्र उजागर गरेको छ । यहाँ चर्चा भइरहेको कहानी वास्तवमा हामी चौतारीमा भाग लिने गाम्लेहरुले चौतारीको स्वर्ण जयन्तीको उपलक्ष्यमा अनुरोध गरी गरी पढेका थियौ । कहानी शुरु हुनु अगाडि नै २ हाल्टीन र १२ हाते कुसुमे रुमाल तयार राख्न सुचना पनि जारी भएकै थियो । कारण स्पष्ट छ - कहानी मनोरञ्जनात्मक कम र मार्मिक बढी छ । अझ त्यहाँ बर्णित पीडाहरुमा आफैले भोगेको जीवनको प्रतिछाँया देख्ने म लगायत अन्य धेरै, जसले निकै संघर्षशील बाल्यकाल बिताउन परेको थियो, को मुटुमा बिगतको दु:खद क्षणको पीडा आलो बनाएको छ । सम्झन्छु म, पाठकहरुको आँखा रसाउने यो कहानीको वास्तविक पात्र ठुल्दाइले यी कुराहरुलाइ सम्झनाको धागोमा उन्दाखेरी कतिपटक मन भक्कानियो होला, कतिपटक मुटु छियाछिया पर्यो होला । बिगतमा भोगेको दु:खको पीडालाइ वर्तमानले भुलाउन के सक्ला र? ती दिन सम्झँदै यस कहानीका शब्दहरु कोर्दा पटक पटक आँखा सजल भएको कुरा ठुल्दाइले चौतारीमै पनि बरोबर बताउनु भएको थियो । "नाइ!! सुन्ने, सुन्ने, ठुल्दाइको कहानी सुन्ने, छिटो सुनाउनुस न" भन्ने भाकामा जिद्दि गरेर एक हिसावले ठुल्दाइलाइ आफ्नै कहानीको अभिलेख हामी माझ पस्कन गरेको अनुरोध, आग्रह वा बच्कानापनको नतीजाको रुपमा आएको यो कहानी आज साझामा सुपरहिट भएको मात्र हैन, बिगतमा ठुल्दाइसित राम्ररी परिचित नभैकनै गरीएका पुर्वाग्रहि टिकाटिप्पणीहरुलाइ बदर गर्ने साध्य पनि भएको छ । ठुल्दाइलाइ अव आफुले भोगेको बाँकि अनुभवहरु पनि हामीमाझ प्रस्तूत गर्ने अनुरोध गर्छु ।
Read Full Discussion Thread for this article