Posted by: Nepe April 24, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
मैले सोचेको थिएँ मेरा निम्न असन्तुष्टी/अतृप्ती क्षणिक हुनेछन् । किन्तु भएनन् । यही अतृप्ती नै मेरो साँचो श्रद्दाञ्जली हुनेछ ती वीरहरुप्रति जसको उत्सर्गले मेरा सपना र आशाहरु जीवित छन् अझै । सामुन्ने छिन् मायालु, अझै कुरिरहेछु म दूरी जमिन हैन रे'छ, आफै दूरी रहेछु म आँखा पर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु म सुरक्षित दूरीको पो बहादुरी रहेछु म मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला एउटा खाल्डो खनी अर्को खाल्डो पुरिरहेछु म जहाँको तहीं छु अझै, यस्तो त होईन कतै व्यायामी धावन पेटीमा दगुरिरहेछु म म निर्णायक मायाको सुनामी हुँ भन्ठानेको भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु म
Read Full Discussion Thread for this article